| गाउँघरमा दाउरा राखे जसरी कोठामा ग्यास राख्न नपाइने | ||||
|
|
काठमाडौँ, ३ चैत । 'हाम्रो पैसा, हाम्रो अधिकार' भन्ने नारासहित २६औँ विश्व उपभोक्ता दिवस बिहीबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
विश्व उपभोक्त दिवस -१५ मार्च) को अवसरका उपभोक्तावादी सङ्घसस्था तथा सरकारी निकायले बिहीबार विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरेक थिए।
अधिकांश कार्यक्रममा उपभोक्ताको हकअधिकार तथा हाल बजारमा भइरहेको अभाव र कालाबजारी कारोबारका बारेमा छलफल भएका छन्। उपभोक्ता दिवसको अवसरमा कार्यक्रम गरिए पनि हाल उपभोक्ताले अभाव खेपिरहेका ग्यास, पेट्रोल, डिजेल र बिजुलीको सबैभन्दा बढी चर्चा गरिएको छ। वाणिज्य विभागले आयोजना गरेको एक अन्तर्त्रिया कार्यक्रममा अधिकांश उपभोक्तावादी संस्थाले बजार नियन्त्रणमा राज्यको उपस्थित नभएको गुनासो गरेका थिए।
उपभोक्ताको गुनासो सुनिसकेपछि वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास वितरणलाई व्यवस्थित बनाउन कार्ड प्रणालीमा जान लागिएको बताउनुभयो।
उहाँले उपभोक्ताको अधिकार भन्दैमा गाउँघरमा दाउरा राखे जसरी कोठामा ग्यास राख्न नपाइने भन्दै त्यसरी राख्दा आफ्नै सुरक्षाका लागि पनि खतरा हुनसक्ने बताउनभुयो। मन्त्री भट्टले मुख्य समस्या चिन्तन र प्रवृत्तिमा रहेको भन्दै कानुनकै अभावले काम गर्न नसकिएको भन्ने कुरा अस्वीकार गर्नुभयो। |




