| हर्बोको करोडपति सपना चकनाचुर | ||||
|
|
काठमाडौँ, ४ चैत । हर्बो इन्टरनेसनल प्रा.लि.ले गैरकानुनी नेटवर्किङमार्फत उपभोक्ता ठगेको प्रमाण वाणिज्य विभागको बजार अनुगमन टोलीले फेला पारेको छ।
विभिन्न मिडियामा नेटवर्किङमार्फत लाखौँ उपभोक्तालाई ठगेको समाचार प्रकाशन भएपछि वाणिज्य विभागले बजार अनुगमनका क्रममा उक्त तथ्य फेला पारेको छ।
अनुगमनका क्रममा हर्बो इन्टरनेसनलसँग कुनै पनि कानुनी कागजात नभएको तथा नवीकरण र प्रमाणपत्रसमेत नभएको अनुगमनमा संलग्न उपभोक्ता मञ्च नेपालका प्रतिनिधि रोशन पोख्रेलले बताउनभुयो। नेटवर्किङ व्यवसायसम्बन्धी सरकारको निर्देशिकासमेत खारेज भइसकेको अवस्थामा हर्बो इन्टरनेसनलले व्यवसाय गरिरहेको पोख्रेलले बताउनुभयो।
अनुगमनका क्रममा वाणिज्य विभागको नवीकरण तथा प्रमाण छ भनेर उपभोक्तालाई ठग्दै आएको तर टोलीले प्रमाण देखाउन अनुरोध गर्दा नदिएको टोलीले जनाएको छ।
अनुगमनपछि तीन दिनभित्र सम्पूर्ण कागजातसहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको टोलीमा संलग्न वाणिज्य विभागका शाखा अधिकृत रेखा मिश्रले बताउनुभयो।
हर्बोले सर्वसाधारणलाई करोडपति बनाउने सपना देखाएर नेटवर्किङमार्फत चिया, टुथपेस्टलगायतका दैनिक उपभोग्य वस्तुहरूलाई महँगोमा बेच्दै ठगी गरेको भन्दै उपभोक्तावादी सङ्घ, संस्थाहरूले विभागमा उजुरी दिएका दिए। |




