दर्ता तथा प्रवेश
प्रेमका जोडीहरुले सम्झने दिन
PDF Print E-mail

alt

 

काठमाडौ- विश्वभरका प्रेम जोडीका लागि ठूलो उत्सव र सम्झनलायक दिन। यो दिनलाई विशेषतः युवायुवतीका लागि प्रेमभाव प्रकट गर्ने शुभ समय मानिन्छ।

मायाको भाव व्यक्त गरिने प्रेमले प्रेमजोडीलाई जीवनभर सुखदुःखका साथ बाँच्ने प्रेरणा दिन्छ भन्ने कथन छ। प्रेम गरेर विवाह बन्धनमा बाँधिएका नेपाली कलाकारका लागि पनि स्मरणीय दिन बनेको छ आज।

काली सुन्दरी ऋचा घिमिरेको प्रेमी पति शंकर घिमिरेसँग चलचित्र विषमा काम गर्दाताका पहिलो पटक भेट भएको रहेछ। उक्त चलचित्रका निर्माता तथा निर्देशकसमेत रहेका शंकरसँग भेट हुँदा ऋचाले उनलाई साथी सम्झेकी थिइन्। तर पछि उनै शंकर बने ऋचाको जीवनसाथी। 'विषमा काम गर्दा हामीले भर्खरै भेटका साथीका रुपमा व्यवहार गर्यौं’ उनले सम्झिइन्- 'त्यसको एक वर्षपछि वीरताको चिनोमा काम गर्दासम्म एकदमै मिल्ने साथी भयौं।


पछि फिल्मको सम्पूर्ण काममा सल्लाह हुन थाल्यो।’ वीरताको चिनोमा काम गरिरहँदा शंकरले ऋचालाई भित्रभित्रै मन पराइसकेका रहेछन्। 'सुटिङमा व्यस्त भइरहेकाले उहाँलाई मेरो र मलाई उहाँको आनीबानी सबै थाहा भइसकेको थियो’ ऋचाले सम्झिइन्- 'उहाँलाई ठिकै छ मलाई विवाह गर्ने भए घरमा गएर कुरा गर्नु भनेँ। एउटा सर्त राखेको थिएँ। म सानो घर र गाडी चाहन्थें। त्यो पूरा गर्नका लागि उहाँले चितवन घरमा गएर बुबाआमासँग कुरा गर्नुभयो अनि काठमाडौंमा घर बनाउनुभयो र गाडी पनि लिनुभयो।’ यो जोडीले विवाह गरेको दुई वर्ष पुगिसकेको छ र ऋचाको पाँच महिनाको गर्भ पनि छ। भ्यालेन्टाइनमा खासै रुचि नराख्ने ऋचाले गत वर्ष शंकरसहित केही साथीभाइ भेला भएर धुलिखेलमा यो दिवस मनाएकी रहिछन्। आजको दिन भने उनी नवविवाहित दाजु र भाउजूसहित कुनै नयाँ ठाउँमा घुम्न जाने मुडमा छिन्।

अर्की नायिका झरना थापाका निर्माता पति सुनीलकुमार थापासँगको भेट पनि फिल्मकै सिलसिलामा भएको थियो। करिब १४ वर्षअघि पीके कलेज डिल्लीबजारमा झरना पढ्दै गर्दा त्यही कलेजमा रेशराज आचार्य उज्ज्वल पौडेललगायतका साथीसँग कलाकार खोज्ने क्रममा पुगेका सुनीलले पहिलो नजरमै झरनालाई मन पराएका रहेछन्। 'म कलेजमा डान्स विषय लिएर पढिरहेको राम्रो नृत्य गर्ने विद्यार्थी पनि थिएँ। कलेजकै म्याडमको डान्स इन्स्टिच्युटमा डान्स सिकिरहेको थिएँ’ झरनाले सम्झिइन्- 'त्यही बेला विस्तारै फोनमा कुरा हुँदै गयो।


एकदिन अचानक प्रपोज गर्नुभयो म त आत्तिएर साथीलाई सुनाउन गएँ।’ वैशाखमा भेट भएको यो जोडीले दुई महिनापछि त बिहे नै गरेछ। झरनाको रुपमा लठ्ठ परेका सुनील लाजिम्पाटमा बस्ने उनलाई नियमित रुपमा कलेज लगिदिने र ल्याउने अनि फुस्रदको समयमा ककनी नगरकोट घुमाउन पनि लैजाने गर्न थाले। 'एक दिन उसले अचानक मलाई बानेश्वरस्थित घरमा पुर्यायो।


घरमा ठूलो सासू र ससुरा मात्र हुनुहुँदोरहेछ। मलाई त निकै डर लागेको थियो’ झरनाले शर्माउँदै सुनाइन्- 'त्यसपछि त तुरुन्तै जुस खाएर हतार-हतार बाहिर निस्किहाल्यौं।’ आफूलाई विश्वास र माया गर्ने सुनीलको बानी मन पराउने झरना उनकै शब्दमा बेलाबेलामा बरालिने सुनीलको चालाबाट भने चिन्तित रहिछन्। छोरी सुहानाको अभिभावक यो जोडीको सधैंझैं आजको प्रेमदिवसमा पनि बिहान उठेर एकापसमा अंकमाल गर्दै मीठो चुम्बन साटासाट गर्दै उपहार आदान-प्रदान गर्ने योजना छ।

नेपाली चलचित्रमा उदाउँदै गरेका नायकका रुपमा चिनिएका झापाली निरज बरालले पनि आफ्नै जिल्लाकी निवेदिता ढकालसँगको ६ वर्षको प्रेमलाई केही महिनाअघि मात्र विवाहमा परिणत गरेका छन्। 'ऊसित नेपाल कमस्र क्याम्पसमा पहिलो पटक भेट भएको थियो। मेरो एक साथी उसको पनि साथी रहेछ। त्यहीँ हाम्रो चिनजान भयो’ आजको भ्यालेन्टाइन डे थाइल्यान्डमा मनाउन गइरहेका बरालले भने- 'सात महिनापछि मैले उसलाई डराई डराई प्रेम प्रस्ताव राखेँ। त्यसको एक महिनापछि उनले ग्रिन सिग्नल दिइन्।


भर्खर करियर शुरुआत गरेकाले पनि हाम्रो प्रेमलाई निरन्तरता दिइनै रह्यौं।’ सेन्ट जेभियस्रमा पढ्दै गर्दाताका भेटिएकी निवेदिता हाल एक अन्तर्राष्ट्रिय एयरलाइन्समा कार्यरत छिन्। 'हाम्रो प्रेम परिवारमा सबैलाई थाहा थियो। त्यसैले विवाह गर्नका लागि कुनै समस्या नै भएन’ बैंकक उड्दा उड्दै निरज भन्दै थिए- 'जागिर र करियरका कारणले पनि डेटिङका लागि बाहिर खासै कतै गइएन।’

 

Comments  

 
0 # rai is sotang 2012-03-08 15:21
best of luck
Reply | Reply with quote | Quote
 

कमेन्ट राख्नुहोस्