दर्ता तथा प्रवेश
खेल
रोलबल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी प्रस्थान
PDF Print E-mail

काठमाडौ, ३० बैशाख । भारतको बेलगाउँ र गोवामा सञ्चालन हुने सोह्र वर्ष मुनिको यु–१६ अन्तर्राष्ट्रिय पुरुष तथा महिला रोलबल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी टोली शनिवार  त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा महिलातर्फ १५ तथा पुरुषमा १० खेलाडी रहेका छन् ।

 

महिला खेलाडीहरूमा सुमी श्रेष्ठ (कप्तान), आकृति अधिकारी, नम्रता गोतामे, शीला कुँवर, स्वेता कुँवर, मनिषा थापा, शीतल सुवेदी, आश्मिन लेखक, दीक्षा रेग्मी, सुजाता खकुरेल, लगायतका छन् । त्यसैगरी पुरुष खेलाडीहरूमा मनोज बज्राचार्य (कप्तान), सतिश श्रेष्ठ, सुमन ओली, विशाल साप्कोटा, आश्विन ओझा, समिप गुरुङ, जुनिर ढकाल, प्रजुन श्रेष्ठ, सागर लामा तथा अभिषेक मानन्धर रहेका छन् ।

 

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र माल्दिभ्स गरी चार राष्ट्रको सहभागिता रहने नेपाल रोलबल सङ्घका अध्यक्ष वीरकृष्ण महर्जनले जानकारी दिनुभयो । नेपालले यसअघि हङकङमा भएको प्रथम एसियाली रोलबल च्याम्पियनसिप तथा भारतमा भएको प्रथम रोलबल विश्व च्याम्पियनसिपमा भाग लिएको थियो । दुवै प्रतियोगितामा नेपाल चौथो भएको थियो ।

 
अमेरिकामा मैत्री तेक्वान्दो सञ्चालन हुँदै
PDF Print E-mail

काठमाडौं, ७ वैशाख । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताको नवौँ संस्करण संयुक्त राज्य अमेरिकाको पोर्टल्यान्डमा आयोजना हुने भएको छ ।

 

 

प्रतियोगिता आगामी कात्तिक १० र ११ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) की महासचिव करेन ब्ल्याकलेजले जानकारी दिनुभयो ।

 

 

प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका करिब ५०० खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको अनुमानित बजेट एक लाख अमेरिकी डलर रहेको छ ।

 

 

पोर्टल्यान्डमा हुन लागेको यो प्रतियोगिता चौथो हो । नेपालमा उक्त प्रतियोगिता तीनपटक भइसकेको छ । त्यस्तै हङकङ र भारतले पनि एक–एकपटक प्रतियोगिता आयोजना गरिसकेका छन् । कार्यक्रमका अवसरमा करेन र अन्तर्राष्ट्रिय रेफ्री लवप्रसाद गोर्खालीलाई सम्मान गरिएको थियो ।

 
नेपाली खेलाडी टोली इजिप्टतर्फ प्रस्थान
PDF Print E-mail
काठमाडौँ, २० चैत । इजिप्टको शर्म ए–शेक सहरमा हुने नवौँ जुनियर विश्व तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन दुई महिला खेलाडीसहित चार सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
यही अप्रिल ४ देखि ८ तारिखसम्म हुने सो च्याम्पियनसिपमा रुपन्देहीकी सरिता श्रेष्ठले ४४ केजी र विजेश्वरी ज्ञानमन्दिर स्कुलकी नमुना पोखरेलले ४६ केजी तौल समूहमा प्रतिस्पर्धा र्नेछन् । प्रतियोगितामा २०० राष्ट्रको सहभागिता रहने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

टोली नेतामा सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र प्रशिक्षकमा महासचिव दीपराज गुरुङ छन् । राणा र गुरुङले सोही अवसरमा त्यहीँ हुने विश्व तेक्वान्दो महासङ्घको साधारणसभामा पनि भाग लिनेछन् ।
सङ्घका अध्यक्ष राणाका अनुसार नेपाली जुनियर तेक्वान्दो खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएको यो पहिलो अवसर हो ।
 
खवासको हृयाटि्रकमा पुलिस विजयी
PDF Print E-mail

 

काठमाडौ, १४ चैत । भरत खवासको हृयाटि्रकमा राष्ट्रिय लिग विजेता नेपाल पुलिस क्लबले सोमबार दस खेलाडीमा सीमित बनेको पाहुना टिम क्लियरिङ फुटबल क्लब -सीएफसी) भुटानलाई ३-१ ले हराएर १४औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।


मनाङ मस्र्याङ्दी क्लब र थि्रस्टार क्लब पनि सेमिफाइनलमा पुगिसकेका छन् । धरान रङ्गशालामा दुई प्रमुख खेलाडी रविन श्रेष्ठ र भोला सिलवाल बिना मैदानमा उत्रिएको पुलिसलाई भुटानी टिमले सुरुमा दबाबमा राखेको थियो। रविन र भोला दुवै घाइते छन्। भुटानी टिमले प्रारम्भमा खेल नियन्त्रणमा राखे पनि गोल हुने खालको मुभ बनाउन सकेन।

 

खेलको ३२औँ मिनेटमा भरत गोलको निकै नजिक पुगेर पनि चुकेका थिए। भरतको प्रहार भुटानी गोलपोस्टमा लागेर फर्केपछि पुलिस हिस्स बनेको थियो तर भरतले ४ मिनेटपछि नै विपक्षी टिमको अफसाइडको रणनीति विफल पार्दै भुटानी गोलरक्षकसँगको एक्लो जम्काभेटमा गोल गरी आफ्नो टिमलाई अगाडि पारे।

 

यद्यपि पुलिस टोलीको खुसी २ मिनेट पनि टिकेन। येसी दोर्जीले कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै गोल गरेर पुलिसलाई स्तब्ध पारे।

 
भारोत्तोलनमा नेपाललाई ६ स्वर्ण पदक
PDF Print E-mail

काठमाडौ,  १३ चैत । पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितामा नेपालले ६ स्वर्ण पदक प्राप्त गरेर भारोत्तोलनमा इतिहास कायम गरेको छ। नेपालले यो प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १२ काँस्य पदक प्राप्त गरेको छ।

 

 

नेपालगञ्जको कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत शनिबार महिलाको ६९ केजी तौल समूहमा नेपालकी तारा पुनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन स्वर्ण प्राप्त गरिन्। नेपाल प्रहरीकी ताराले स्न्याचमा ६३ केजी, क्लिन एन्ड जर्कमा ९० केजी गरी कुल १५३ केजी वजन उचालेकी थिइन्।

 

सोही तौल समूहमा राजलक्ष्मी थापाले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन रजत पदक हात पारिन्। उनले क्रमशः ५६ केजी, ६८ केजी गरी कुल १२४ केजी वजन उचालिन्।

 

नेपालका अनिल मल्लले शुक्रबार पुरुषको ६९ केजी तौल समूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन स्वर्ण पदक प्राप्त गरेका थिए।

त्यसैगरी ७५ केजी

 
छैंठौ राष्ट्रिय खेलकुदमा अपारदर्शिता आंशकामा लेखाको छानविन
PDF Print E-mail

काठमाडौ, १२ चैत । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले छैठौ राष्ट्रिय खेलकुदका क्रममा भएको पेश्की यही २० गतेभित्र फस्र्यौट गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको छ ।


समितिले चैत्र २५ गतेभित्र समिक्षात्मक रिपोर्ट समितिमा पठाउन भनेको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा आर्थिक अनियमितता भएको भन्ने गुनासोका सम्बन्धमा छलफलपछि लेखाले प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।


बैठकमा उपस्थित खेलकुद मन्त्रालयका अधिकारीहरुले भने कुनै अनियमितता नभएको दावी गरेका थिए । राष्टिय खेलकुद पषिदका सदस्य सचिव युवराज लामाले पूर्वाधार निर्माण प्रक्रिया जारी रहेको अबस्थामा भ्रष्टाचार भएको आरोप लगाएर अतिरञ्जित कुरा गरेको दावी गर्नुभयो ।


छैठौ राष्ट्रिय खेलकुदका क्रममा व्यापक आर्थिक अनियमितता भएको तथा निर्माण भएका पूर्वाधार मापदण्ड विपरित रहेका सभासदहरुले आरोप लगाएका थिए । 

 
नेपालले केन्यालाई सेमिफाइनलमा पाँच विकेटले हरायो
PDF Print E-mail

काठमाडौँ,  १० चैत । आईसीसी विश्वकप टी-ट्वान्टी छनोट प्रतियोगिताअन्तर्गत बिहीबार नेपालले केन्यालाई सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा पाँच विकेटले हराएको छ।

 

नेपालले अब सातौँ स्थानका लागि शुक्रबार पपुआ न्युगिनीविरुद्ध खेल्नेछ। यूएईको दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने केन्याले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३९ रन बनाएको थियो। नेपालले लक्ष्य दुई बल बाँकीछँदा पाँच विकेटको क्षतिमा १४१ रन बनाएर हासिल गर्‍यो।


नेपालले केन्याविरुद्ध खेलेको यो पहिलोपटक हो। यु-१९ मा भने नेपाल र केन्या दुईपटक भिडिसकेका छन्। नेपालले दुवै खेलमा जित हासिल गरेको थियो। नेपालले सिनियर स्तरमा पनि केन्याविरुद्ध आफू उत्कृष्ट भएको सावित गरेको छ।

 
बंगलादेशको ऐतिहासिक जित
PDF Print E-mail

काठमाडौ, ८ चैत । बंगलादेशमा जारी एघारौ एसिया कप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ ।


मंगलवार बंगलादेशको मिरपुरमा भएको खेलमा श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर पार गरेको थियो ।


उसका लागि मध्यक्रमका ब्याट्सम्यान सकिब अल सनले अर्धसतकिए पारी खेल्दै जित निश्चित पारेका थिए । यो जित संगै बंगलादेश एसिया कपमा पहिलो पटक फाइनल प्रवेश गरेको छ । श्रीलंकाले भने जारी शृंखलामा खाता खोल्न सकेको छैन् ।  बंगलादेशको जितले भारतलाई पनि आघात पुर्याएको छ ।


पाकिस्तान र बंगलादेश फाईनलमा पुग्दा भारत पनि प्रतियोगिताबाट बाहिरिएको छ । उता वेष्टइन्डिज र अष्ट्रेलिया बीचको खेल बराबरी भएको छ । गएराती सम्पन्न  खेलमा दुबै टोलीले २ सय २० रन बनाएका थिए । 

 
२६ खेलपछि टोरेजको गोल
PDF Print E-mail

लन्डन– फर्नान्डो टोरेजले २६ खेलपछि गोल गर्दै आइतबार चेल्सीलाई एफए कपको सेमिफाइनलमा पुर्‍याएका छन्।

 

टोरेजको दुई गोलको मद्दतले चेल्सीले लिसेस्टरलाई ५-२ ले हरायो। चेल्सीले अब टोटेनहाम र बोल्टनमध्ये एकविरुद्ध अन्तिम चारमा खेल्नेछ। गत शनिबार फाबि्रस मुआम्बा खेलको समयमा ढलेपछि बोल्टन र टोटेनहामबीचको खेल स्थगित भएको थियो। मुआम्बाको स्थिति अहिले पनि गम्भीर छ।

 

चेल्सीका गेरी काहिलले आफ्नो टिमलाई अग्रता दिलाएपछि आप\mनो जर्सीमाथि सारी मुआम्बाका लागि प्रार्थना गरौँ' लेखिएको टिसर्टको प्रदर्शन गरेका थिए। लिभरपुल पनि स्टोकलाई २-१ ले हराएर सेमिफाइनलमा पुगेको छ।

 

इङ्लिस पि्रमियर लिगमा म्यानचेस्टर युनाइटेडले अन्तिम स्थानमा रहेको वोल्भरहाम्पटनलाई ५-० ले हराएर शीर्ष स्थानको अग्रतालाई चार अङ्कले फराकिलो पारेको छ। म्यानचेस्टर सिटी देास्रो स्थानमा छ।

 

यसैगरी स्पेनिस लिगमा मालागासँग रियल म्याडि्रड १-१ ले बराबरीमा रोकिएको छ। इन्जुरी समयमा सन्ती काजोर्लाले फ्रिकिक गोल गरेपछि रियल म्याडि्रड हिस्स बनेको थियो।

 

इटालियन सिरी 'ए'मा इन्टरमिलान पनि एट्लान्टासँग गोलरहित बराबरीमा रोकियो। डिएगो मिलिटोले पेनाल्टीमा गोल गर्न नसकेपछि इन्टरलाई जित प्राप्त भएन।

 
ट्वान्टी ट्वान्टी क्रिकेट छनौटमा नेपाल नेदरल्याण्डस्सँग पराजिज
PDF Print E-mail

काठमाडौ, ६ चैत । दुबईमा जारी आईसीसी विश्वकप छनौट ट्वान्टी, ट्वान्टी क्रिकेटमा नेपाल सोमवार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेदरल्याण्डस्सँगको खेलमा नेपाली ब्याट्स्म्यानहरुको प्रदर्शन जम्न नेपालले सम्मानजनक रन बनाउन सकेन र खेलमा पराजित भयो ।


अहिलेसम्म ६ मध्ये ३ खेलमा जित र ३ मा हार बेहोरेको नेपालको आजको हारसँगै अघिल्लो चरणमा जाने बाटो भने बन्द भएको छ । 

 


Page 1 of 5