| एएफसी कपमा नेपालको यात्रा समाप्त | ||||
|
|
काठमाडौं, २७ फागुन । माल्दिभ्ससँग १ शुन्यले पराजित भएपछि नेपालको एएफसी कपको यात्रा टुङगिएको छ । नेपाल पहिलो चरणबाटै बाहिरीएको हो । घरेलु दर्शकको अपार समर्थन पाउँदापाउदै निराश बनाएर नेपाली टोली खेलबाट बाहिरीएको छ । दोस्रो चरणमा प्रवेशका लागि नेपाललाई शनिवारको खेल जित्नैपर्ने बाध्ता थियो । यस अघि नेपाल प्यालेष्टाईसँग उद्घाटन खेलमा २ शुन्यले पराजित भईसकेको छ । दशरथ रङगशालामा भएको खेलमा माल्दिभ्सका खेलाडी हक्कीले ५३ औं मिनटमा नेपालको कमजोरीको फाईदा उठाउदै गोल गरेका हुन् । नेपालले गोल गर्ने मौका पाएपनि त्यसको फाईदा उठाउन सकेन । यस अघि शनिवार नै भएको प्यालेष्टाईन र तुर्कमिनिस्तानबीचको खेल बराबरीमा रोकिएको छ । खेल बराबरी भएपछि दुबै टिमले अंक बाँडेका छन् । प्यालेष्टाईने नेपाललाई पहिलो दिनको उद्घाटन खेलामा २ शुन्यले पराजित गरिसकेको थियो । |




