| मेहेतालाइ भारत फिर्ता पठाउने प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीलाई निर्देशन |
|
| काठमाडौ, ५ जेठ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीति मामिला हेर्ने कान्सुलर एसडी मेहेताले नेपाल विरोधी तथा गैर जिम्मेवार अभिव्यक्ति दिएको तीन दलको बैठकले भारत फिर्ता पठाउने प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।
कान्सुलर मेहेताले बुधबार वीरगन्जमा तराईका नेताहरुलाई जम्मा गरेर मधेसलाई टुक्रन नदिनका आन्दोलन गर्न उक्साएका थिए । स्रोतका अनुसार मेहताको क्रियाकलापलाई शिर्ष बैठकले नेपालको राजनीतीमा भारतीय कुटनितीज्ञले सोझै हस्तक्षेप गरेको ठहर गरेको हो ।
कन्सुलर मेहेताले बुधबार बारा र पर्सा जिल्लाका काँग्रेस, एमाले र मधेसी फोरमका नेताहरुसँगको अनौपचारिक रात्रीभेजमा 'जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी वेहरी ल्याउनुपर्छ । भनी भनेको बताईएको छ ।
त्यसैगरी बैठकले संसदमा जारी अवरोध खुला गर्न बृहद मधेसी मोर्चाका उपेन्द्र यादवसँग छलफल गर्न पनि निर्देशन दिएको छ ।
|
|
| सञ्चारमा चर्चा भएजस्तो ११ प्रदेशनै बनाउने सहमति नभएको मधेसी सभासदको दावी |
|
| काठमाडौ, ५ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रवार आफ्नो पार्टीमा मधेसबाट सहभागी सभासद, केन्द्रीय सदस्यहरुसँग विहान छलफल गर्नु भएको छ ।
प्रचण्ड निवास बालुवाटारमा शुक्रवार भएको छलफलमा मधेसी केन्द्रीत सभासद तथा केन्द्रीय सदस्यहरुले प्रमुख तीनबीच भएको राज्यपुनर्संरचना बारेको सहमति र वास्तविकताको बारेमा जिज्ञासा राखेका थिए ।
जवाफमा माओवादी अध्यक्ष प्रचण्डले सञ्चार माध्यमा चर्चा भएजस्तो ११ प्रदेशनै बनाउने सहमति नभएको र यसबारेमा के गर्ने भन्ने बारेमा दलहरुसँग कुराकानी भइरहेको बताउनु भएको माओवादी केन्द्रीय सदस्य रामरिजन यादवले जानकारी दिनुभयो ।
|
|
| नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्छ–गुरुङ |
|
| काठमाडौ, ५ जेठ । राष्ट्रिय अखण्डता र हिन्दू राष्ट्र घोषणाको मागगर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौ लगायत देशभरको जनजीवन प्रभावित भएकोछ ।
बन्दका कारण काठमाडौंमा सवारी साधन कम चलेका छन् । निजी सवारी साधन छिटफुट रुपमा चलेको भए पनि सार्वजनिक सवारीका साधन कम चलेको ट्राफिक प्रहरीले जनाएको छ । बन्दको अवज्ञा गरेकोभन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले थसिखेलमा बा२ ख ४१७ नम्बरको बसमा तोडफोड गरेका छन् ।
अन्य केही सवारी साधनमा तोडफोड गरेको भए पनि क्षतिको विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले बन्द गर्दै हिड्ने राप्रपा नेपालका दुई सभासद चन्द्रबहादुर गुरुङ र कुन्ती शाहीलाई पक्राउ गरेको छ । त्यसैगरी करिब तीन दर्जन रापप्रा नेपालका कार्यकर्ताहरुसमेत पक्राउ परेका छन् ।
संघीयता खारेज गर्नुपर्ने र नेपाललाई हिन्दू राज्य घोषणा गरिनुपर्ने माग राख्दै शुक्रवार बन्दको आह्वान गरेको राप्रपा नेपालका सभासद चन्द बहादुर गुरुङले जानकारी दिनुभयो ।
सभासद गुरुङले जातीय आधारमा प्रदेश विभाजन गरिए देशमा साम्प्रदायिक दङ्गा सुरु हुने भएकोले तत्काललाई संघीयता नै खारेज गर्नुपर्ने बताउनुभयो ।
|
|
| नयाँ संविधानमा संवैधानिक राजसंस्थाको व्यवस्था गर्न माग |
|
| काठमाडौ ४ जेठ । लिग नेपाल शान्ति एकता पार्टीले नयाँ संविधानमा राष्ट्रिय एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्थाको व्यवस्था गर्न माग गरेको छ ।
बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृति बहुजाती नेपालीको साझा फूलबारीलाई संघीयताको नाममा खण्डिकृत गर्न खोजेको आरोप लगाउँदै अखण्ड नेपालका लागि नयाँ संविधानमा राजसंस्थाको स्थान सुनिश्चित हुनुपर्ने माग गरेको हो ।
बिहीवार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले विदेशीको इसारामा ठूला ४ दलले रातारात मुलुक विखण्डन हुनेगरी ११ प्रदेश पास गरेको दावी गर्दै सहमति राष्ट्रको निम्ति घातक भएको बतायो । उसले ३ करोड नेपालीहरुको साझा फूलबारीको रुपमा अखण्ड नेपाल संवैधानिक राजसंस्था नै हुनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा लिग नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्रबहादुर बस्नेतले मुलुकका लागि राजसंस्था पनि एउटा शक्ति भएको दावी गर्दै कुनै पनि शक्तिलाई निषेध गरेर पार्टीहरु अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।
कसैलाई वाईपास गरे । बोल्न पाउने, खान नपाउने गणतन्त्र एक दिन समाप्त हुने दावी गदै उनले भने–हत्या, हिंसा, भ्रष्टाचार, गुण्डगर्दी, महंगी र अभावले चरम रुप लिएपछि जब नेताहरु असफल हुन्छन् तबमात्र अखण्ड नेपालका भरिपूर्ण सास फेर्न पाउने छन् ।
|
|
| बन्दविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने |
|
| काठमाडौ, ४ जेठ । शान्ति र संविधानको काम पुरा गरेर मुलुकलाई अग्रगमन तिर लाने बेलामा मुलुकलाई फेरि प्रतिगमन तीर लैजाने गरी अराजक ढंगल बन्द र हडताल जारी राखे सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीहरुले आब्हान गरेको अनिश्चित कालिन नेपाल बन्दकावीच रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उपस्थित मन्त्री टोपबहादुर रायमाझीले बन्द हडतालले शान्ति र संविधानको कामलाई असफल पारेर धमिलो पानीमा माछा मार्ने प्रतिगामी तत्वलाई मद्दत पुग्ने भन्दै सरकार चुप लागेर नबस्ने स्पष्ट पारे ।
मन्त्री रायमाझीले शान्ति र संविधान भाड्न खोजीए त्यसका विरुद्ध अग्रगमन शक्तिहरु एक भए लाग्नु पर्ने बताए । उनले भने–बारम्बार बन्द गर्दा मुलुक प्रतिगामि धार तिर जान्छ । यो मुलुककोलागी घातक हुन्छ । तर असन्तुष्ठि पोख्नु आन्दोलन गर्नु अन्यथा होईन ।
दलहरुवीच भएको सहमति कसैको पक्षमा पनि नभएकोले सबै तिरबाट असन्तुष्ठि देखिएको भन्दै मन्त्री रायमाझीले कसैको पक्षमा पनि पूर्ण रुपमा शान्ति र संविधान नभएकोले नै राष्ट्रिय सहमति बन्न सकेको दावी गरे । उनले भने–कसैको पक्षमा भएको भए अर्को पक्षमा मार्कामा पर्दथ्यो तर अहिले त्यस्तो अवस्था छैन । त्यसैले यो सहमति र एकताको दस्तावेज हो । यो राम्रो भएको छ । अहिले असहमतिको विचबाट सहमति खोज्ने बेला हो ।
मन्त्री रायमाझीले कसैको पनि पूर्ण रुपमा पक्षमा सहमति नभएकोले प्रारम्भमा सबैको असन्तुष्ठि देखिएको उल्लेख गर्दै विस्तार सबैले यो सहमतिलाई मान्ने दावी पनि गरे ।
साक्षात्कारमा अर्का मन्त्री सूर्यमान गुरुङले आन्दोलन अराजक बन्दै शान्ति र संविधानमा अवरोध उत्पन्न गरेर सरकार चुप लागेर नबस्ने भन्दै सबै आन्दोलनलाई मिलाएर सरकार शान्ति र संविधानको पक्षमा अगाडि बढ्ने बताए ।
उनले अधिकार माग्ने बेला अहिलेनै भएकोले अहिले भईरहेका आन्दोलनहरु स्वभाविक भएको भन्दै आन्दोलनलाई अराजक बनाउन नहुने धारणा राखे ।
|
|
| तमलोपा सरकार छोडेर सङ्घर्षमा जाने निर्णय |
|
| काठमाडौं, ४ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने बिहीवार निर्णय गरेको छ।
पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए ।
उनले तीनदलले गरेको सहमति मधेस आन्दोलनको मर्म विपरीत रहेको बताउँदै पार्टीले सरकार छोडेर सङ्घर्षमा जाने निर्णय गरेको छ भने ।
|
|
| एमालेको भागमा परेको मन्त्रालयको टुङगो लाग्यो |
|
| काठमाडौ, ४ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलको जारी बैठकले नेकपा एमालेलाई दिने चार मन्त्रालयको टुङगो लगाएको छ ।
बिहीवार भएको बैठकले एमालेलाई एक उपप्रधानमन्त्री सहित परराष्ट्र , उर्जा, खेलकुद र कृषि मन्त्रालय दिने निर्णय गरेको छ। एमालेले शान्ति मन्त्रालयमा दावी गरे पनि सो विषयमा भने सहमति बन्न सकेको छैन ।
बैठकमा काँग्रेसले पाउने मन्त्रालयका विषयमा अहिले छलफल भईरहेको स्रोतले जनाएको छ ।
|
|
| काग्रेस सभापति सुशिलसँग बैद्य असन्तुष्टि |
|
| काठमाडौ, ३ जेठ । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले मंगलवार भएको तीन दलको सहमति प्रति काग्रेस सभापति सुशिल कोइरालालाई बुधवार भेटेर असन्तुष्ठि ब्यक्त गरेका छन् ।
उनले तीन दलको सहमतिले जाती समूदायको पहिचानको आकाक्षामा गंभिर आघात पुगेको र सहमतिले पहिचानलाई नष्ट पार्ने षडयन्त्र भएको आशंका उत्पन्न भएको भन्दै विरोध जनाएका थिए ।
|
|
| एमाले बाबुरामको सरकारमा सहभागि |
|
| कठमाडौ, ३ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बुधवार १ उपप्रधानसहित सात मन्त्री थपेर मन्त्रीपरिषदको विस्तार गरेका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले एमाले महासचिव ईश्वर पोख्रेललाई उपप्रधानमन्त्रीमा, एमाले नेत्री राधा ज्ञावलीलाई विनाविभागिय मन्त्री र राप्रपा नेता पर्शुराम खापुङगलाई मन्त्रीमा सपथ ग्रहण गराए ।
त्यसैगरी संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झा, नेकपा संयूक्तका चन्द्रदेब जोसी, नेपा पार्टीका डा केशबमान शाक्य र परिवार पार्टीका एकनाथ ढकाललाई मन्त्रीको सपथ गराएका छन् ।
|
|
| सहमति फिर्ता नभए मधेसी मोर्चाले सरकार छाड्ने |
|
| काठमाडौ, ३ जेठ । तीन दलवीच प्रदेश सभाले नामाकरण गर्ने गरी ११ प्रदेशको निर्माण गर्ने गरी भएको सहमति फिर्ता नभए मधेसी मोर्चाले सरकार छाडी सडक संघर्ष गर्ने भएको छ ।
मोर्चाको बुधवार बसेको बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारबाट बाहिरिएर सडक संघर्ष गर्ने प्रस्ताव गरेका थिए। जसमा मोर्चामा सहभागी अधिकांश दलका नेताहरुले समर्थन जनाएका थिए ।
बुधवारको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अनुपस्थित रहेकोले औपचारिक निर्णय भने हुन सकेन ।
साँझ फेरि बस्ने बैठकले औपचारिक धारणा तय गर्ने महतोले जानकारी दिए । महतोले ११ प्रदेशले मधेसको पहिचानलाई तुहाएको र संघीयतालाई अपाङ बनाएको भन्दै यसलाई कुनै पनि हालतमा मान्न नसकिने स्पष्टपारे ।
उनले ११ प्रदेशको विरुद्ध सदन र सडकबाट शसक्त संघर्ष गर्ने चेतावनी दिदै त्यसविरुद्ध गोलबन्द हुन आब्हान पनि गरे ।
तीन दलले सो निर्णय फिर्ता नलिएर सरकार छाडेर सदन र सडकबाट दवाव सृजना गरेर पारित हुन नदिने चेतावनी समेत महतोले दिए ।
|
|
|
|
|
Page 1 of 40 |