| वैद्य खेमाद्धारा आफ्नै पार्टी र सरकार विरुद्ध आन्दोलनको घोषणा | ||||
|
|
काठमाडौ, ४ चैत । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरहरुले आफ्नै पार्टी नेतृत्व र आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेका छन् । केही समय अघि पार्टीको केन्द्रीय कमिटिको बैठकले पार्टी भित्रको अन्र्तद्धन्द्धलाई थामथुम पारेको भए पनि माओवादी भित्रको विवाद वैद्यपक्षको संघर्षको घोषणासंगै फेरि बाहिर आएको छ। नेतृत्वले केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन नगरेको आरोप लगाउँदै निर्णय कार्यन्वयनकोलागी दवाव दिन भन्दै वैद्यपक्षले संघर्षको कार्यक्रम ल्याएको जनकारी राजधानीमा शनिवार पत्रकार सम्मेलन गरेर बैद्य पक्षधरले दिए । उनीहरुले चार बुँदे सहमति नै राष्ट्रघाती भएकोले त्यसको जगमा बनेको बाबुराम भट्टराई नेतृत्वमा सरकार बनेदेखि नै भट्टराईको राजीनामा माग गर्दै आएको वैद्यपक्ष ले राजीनामाको विषय थप चर्काउने घोषणा गरेको छ । उनले सरकार ढाल्न विचार मिल्ने अन्य दलहरुसंग पनि छलफल भइरहेको र ती दलहरुसंगको सहकार्यमा आन्दोलनको कार्यक्रम अघि बढाइने बताए । |




