दर्ता तथा प्रवेश
ओबामाको निर्वाचन अभियानमा ५० लाख अमेरिकी डलर संकलन
PDF Print E-mail

 


एटलान्टा,  ५  चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदको निर्वाचन अभियानमा एकै दिनमा पचास लाख अमेरिकी डलर उठाउनुभएको छ । 

अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि उहाँको अभियान समूहले उक्त रकम आफ्ना मतदाताको साजाल तथा लाखौँ डलरको विज्ञापन अभियानका कारण प्राप्त गरेको बताइएको छ । 

शुक्रबार ओबामाले वासिङटनमा अफगान राष्ट्रपति हमिद कारजाइसँग वार्ता गर्न प्रयास गर्नुभएको थियो । यसपछि उहाँले आफ्नो प्रचारप्रसारका लागि दुई नगरमा पाँच कार्यक्रममा सहभागी हुन एक हजार ७०० किलोमिटरको यात्रा सम्पन्न गर्नुभयो । 

उहाँले आफ्नो गृहनगर सिकागोमा पुगेर आफ्ना ६०० समर्थकबाट २१ लाख अमेरिकी डलर उठाउनु भयो । यहाँको एक नृत्यकक्षमा उहाँसँगको साझेदारीका लागि प्रति सहभागीले दुई हजार ५०० अमेरिकी डलर तिरेका थिए । 

त्यसपछि उहाँले करिब ६० धनी समर्थकहरुसँग गोलटेबुलमा बस्नुभयो र उनीहरुले त्यसका लागि प्रतिव्यक्ति करिब १० हजार अमेरिकी डलर तिरे । 

राष्ट्रपति ओमाबाले अहिलेसम्म १४ करोड अमेरिकी डलर उठाइसक्नुभएको छ । उहाँले सन् २००८ को निर्वाचनमा ७० करोड अमेरिकी डलर उठाउनु भएको थियो र यस वर्ष उहाँले उक्त रकमभन्दा बढी रकम उठाउनुहुने अनुमान गरिएको छ । 

सायद राष्ट्रपति ओबामालाई सन् २००८ मा भन्दा बढी रकम आवश्यक पर्नेछ । 

अमेरिकी सर्वोच्च अदालतले धनी व्यक्ति तथा संस्थाले सुपर प्याक कमिटीहरुलाई सीमाविहीन लाखौँ अमेरिकी डलर उपलब्ध गराउन सक्ने निर्णय गरेको छ । 

रिपब्लिकनहरुले ओबामाको कार्यकालमा बेरोजगारी दल ८।३ प्रतिशत रहेको र इन्धनको मूल्य पनि बढेको भनी असफल कार्यकाल भएको आरोप लगाएका छन् । 

शुक्रबार राष्ट्रपति ओबामाका ११० कोषसङ्कलकहरु आफ्नो अभियानमा जुटेका थिए । उनीहरुले ठूला सभा आयोजना गरे भने धनी व्यक्तिहरुलाई राष्ट्रपतिका साथमा खान खाने तथा आफ्ना कुरा सुनाउने अवसर प्राप्त भयो । यसका लागि उनीहरुले ३५ हजार ८०० अमेरिकी डलरसम्म तिरे । 

त्यसपछि ओबामा अपि्रुकी अमेरिकी कलाकार तथा उत्पादक टाइलर पेरीको स्टुडियो पुग्नुभयो । त्यहाँ उहाँ २५० देखि ५०० अमेरिकी डलर तिरेका आफ्ना करिब एक हजार समर्थकसमक्ष पुग्नुभयो । 

यसपछि उहाँ पेरीको निवासमा पुग्नुभयो जहाँ ओप्रा विन्प्रुी जस्ता ४० अतिथि समर्थक उपस्थित थिए । यी समर्थकले एक घण्टाको यस भेटका लागि ३५ हजार ८०० अमेरिकी डलरसम्म तिरेका थिए । 

 

कमेन्ट राख्नुहोस्