| नेपालका महिलाखेलहरुको भुमिका सराहनीय–नेम्वाङ |
|
| काठमाडौ, ५ जेठ । संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङ्गले नेपालको विभिन्न आनदोलनमा नेपाली हरुले महिलाखेलेको भुमिका सराहनीय र प्रसंशनीय रहेको बताए ।
सभामुखको कार्यालय सिंहदरबारमा शुक्रवार नेपाल महिला संघकी अध्यक्ष डा.डिला संग्रौलाको नेतृत्वमा गएको टोलीले दिएको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङ्गले नेपालको विभिन्न ऐतिहासीक आन्दोलनमा नेपाली महिलाहरुले खेलेको भूमिका र दिएको योगदानको चर्चा गरे ।
सभामुख नेम्वाङ्गले तपाईंहरुले बुझएको ज्ञापन नेपाली महिलाहरुको हकअधिकार र सुरक्षाको लागि प्रभावकारी कुराहरु समेतीएको छ । यसलाई म अध्ययन गर्छु भन्दै ł यो अभियानमा तपाईंहरु अगाडी बड्नोस् यसमा मेरो पूर्ण सहयोग र समर्थन छ ।
ज्ञापनपत्रमा अब बन्ने संविधानमा नागरीकता सम्बन्धमा, महिला आयोगलाई अधिकार सम्पन्न, मौलिक हक, समाजीक सुरक्षमा राज्यको दायित्व, डण्डहिनताको अत्य, महिला विरुद्ध हिंसा, आर्थीक न्याय, अधिकार, लोककल्याणकारी व्यवस्था, स्वाथ्य, शिक्षा, आरक्षण, रोजगारी, भूमिअधिकार, सरकारी निकायमा महिलाहरुको समान सहभागिता लगायत विभिन्न माग समेटीएको छ ।
ज्ञापनपत्र बुझान नेपाल महिला संघका अध्यक्ष डा. डिला संग्रौला, केन्द्रिइ सदस्य निर्मला क्षत्री लगाय १५ जनाको सहभागता थियो ।
|
|
| अमेरिकी सरकारको सहयोग अगाडि बड्दै–डेलिसी |
|
| काठमाडौ, ५ जेठ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बिहीवार विहान भएको भेटमा संविधान निर्माण प्रक्रियामा माओवादीले खेलेका भूमिकाको राजदूत डेलिसीले प्रशंसा गर्नुभएको थियो ।
नेपाल नयाँ युगमा प्रवेश गर्दै गरेको र नेपाललाई सबै विदेशी मित्रले सहयोग गर्नुपर्ने र नेपालको आर्थिक उन्नतिमा अमेरिकी सरकारको सहयोग अगाडि बढाइने विश्वास राजदूत डेलिसीले अध्यक्ष दाहाललाई दिलाउनुभएको प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो ।
माओवादी अध्यक्ष दाहालले एमाओवादी पार्टीले जनताको पक्षमा संविधान निर्माण गर्दै देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
भेटमा राजदूत डेलिसीले एमाओवादी पार्टीलाई अमेरिका सरकारले केही समयभित्रै आतङ्ककारीको सूचीबाट हटाउने विश्वास दिलाउनुभएको थियो । भेटमा संविधान निर्माण, सहमतीय सरकार निर्माण तथा आर्थिक समृद्धिको योजना तथा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको दाहालका प्रेस संयोजक पौडेलले जानकारी दिनुभयो ।
|
|
| नयाँ संविधान जारी सँगै नेपालका सवै कैदीको आम माफी |
|
| काठमाडौ, ३ जेठ । नेपाल भरीका जेलमा विभिन्न आरोपमा कैद जीवन विताईरहेको कैदी बन्दीहरुका आफन्तले जेठ १४ गते संविधान जारी गरेसँगै सबै कैदी बन्दीलाई आम माफी दिएर जेल खाली गर्न माग गरेका छन ।
आममाफीकालागी कैदी बन्दी पिडित संघ गठन गरेर दवाव मुलुक कार्यक्रम गरिरहेको सो सस्थाले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आधा भन्दा बढी कैदि बन्दी निर्दोष भएर पनि सजाय पाईरहेको तर राजनीतिक पहुचावालाहरु जधन्य अपराध गर्दा पनि सहजै छुट्ने गरेको आरोप लगाउँदै जेठ १४मा नयाँ संविधान जारी गरेपछि सबै कैदिबन्दीलाई आममाफी दिएर जेल खाली गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघकी संयोजक सुरक्षा थापाले राजनीतिक दलका कार्यकर्ता र पहुचँवालाहरु जघन्य अपराध गर्दा समेत सजिलै उन्मुक्ती पाउने गरेको भन्दै संविधान जारी भए मुलुक नयाँ यूगमा प्रवेश गर्ने भएकोले सो अवसरमा सबै कैदि बन्दीलाई आम माफी दिनु पर्ने धारणा राखिन । उनले कैदमा रहेका पनि नेपाली नागरिक भएकोले उनीहरुलाई पनि देश विकासमा सहभागी हुने मौका दिनु पर्ने बताईन ।
मेघनाथ शर्माले धेरै कैदि बन्दीहरु प्रहरीले बढुवाकालागी नक्कली अपराधी बनाएर फसाएकाहरु रहेको दावी गर्दै कैदि बन्दीको रिहाईसँगै कैदी बन्दीको सिधामा बढोत्तरी र जेल सुधारको समेत माग गरे ।
मनिश्वर गौतमले मुलुकमा १४ लाख कैदि बन्दी रहेको भन्दै नयाँ संविधान जारी भए पछि सबैलाई रिहा गरेर मुलुक विकासमा संलग्न हुने अवसर दिनु पर्ने बताए।
|
|
| आगलागि पिडितलाइ राहतकोषको घोषणा |
|
| काठमाडौ, ३ जेठ । सिरहाको औरही गाविसमा मंगलवार भएको भिषण आगलागिको बुधवार प्रधानमन्त्रीसहितको टोली निरिक्षण गरेको छ ।
आगलागिमा परेको प्रति परिवारलाई सरकारको तर्फबाट २५ हजारको दरले राहत दिने घोषणा पनि प्रधानमन्त्री डा बाबुराम भट्टराइले गर्नुभएको छ । निरीक्षण टोलीमा प्रधानमन्त्रीसहित गृहमन्त्री विजयकुमार गच्छदार, संचारमन्त्री राजकिशोर यादव, उपप्रधानमन्त्री इश्वर पोखरेल र सभासद विजय
दवलगायत हुनुहुन्थ्यो ।
सिरहामा भएको आगलागिमा ८ सय ५० परिवारको ४ हजार घर जलेर नष्ट भएको छ । आगोले जलेर घाइते स्थानीय दिनेश साहका ३ महिनाका छोराको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । उनीहरुको उपचार सरकारले गर्ने घोषणा पनि प्रधानमन्त्री डा भट्टराइले बताउनु भएको छ । साथै प्रधानमन्त्रीले आगलागी पीडितका लागि नीजि क्षेत्रसँग पनि आफूले कुरा गर्ने बताउनु भएको छ । पीडितहरुलाई तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले ५ हजार र जिविसले १ हजार रुपैयाँ दिने जनाइएको छ ।
औरही गाविसको ३, ४, ५, ६, ७ र ८ वडामा भएको भीषण आगलागीमा ८ सय ५० घर जलेको प्रारम्भिक तथ्यांक निकालिएको छ । आगलागी पीडितका लागि रेडक्रस, नेपाली सेना, स्थानीय संघ संस्था यूवा तथा छिमेकि देश भारतका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले राहत तथा खाद्यान्न वितरण गरीरहेका छन् ।
|
|
| अग्नी एयरको विमान दुर्घटनामा १५ जनाको मृत्यू |
|
| काठमाडौ, १ जेठ । पोखराबाट मुस्ताङको जोमसोमकोलागी उडेको अग्नी एयरको नाईन एन एआईजी नम्बरको डोनियर जाहाज सोमावार दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परि चालक दलका सहित १५ जनाको मृत्यू भएको बताईएको छ । सबैको शब प्राप्त भईसकेको छ । मृत्यू हुनेमा १३ जना भारतीय पर्यटक र २ जना नेपाली छन । ६ जनाको भने जीवीतै उद्दार गरिएको छ ।
जसमध्ये दुई जना तेस्रो मुलुकका पर्यटक छन , तीन जना भारतीय र एक नेपाली छन । दुई जना भने आफै जहाजबाट बाहिर निस्किन सफल भएका थिए । जहाजबाट १० जनाको जीवितै उद्दार भए पनि ४ जनाको उपचारको क्रममा मृत्यू भएको थियो ।
दुर्घटनाग्रस्त जाहाजमा चालक दलका ३ जना र १८ यात्रु सवार थिए । चालक दलका पाईलट पीएस पाठक र सहपाईलट ससएसडी महर्जनको भने मृत्यू भएको पुष्टि भएको छ ।
परिचारिका आर सैजुको जीवितै उद्दार गरिएको थियो । विमान जोमसोम एयरपोर्टमा अवतरण गर्ने क्रममा घुमाउने क्रममा नजिकैको डाडाको भित्तामा गएर विहान १० बजे तीर ठोक्किएको थियो ।
दुर्घटनाग्रस्त विमानमा १६ जना मुक्तीनाथको दर्शन गर्न गएका भारतीय तिर्थ यात्रीहरु थिए । जसमध्ये तीन बालबालिका थिए । घाईतेलाई तारा एयरको विमानबाट पोखरा ल्याईएको छ ।
|
|
| सुकुम्बासीलाइ काठमाडौमा घर दिने केशब स्थापितको घोषणा |
|
| काठमाडौ, ३१ बैशाख । नवनियूक्त काठमाडौ नगर विकास समितिका प्रमुख आयूक्त केशब स्थापितले सुकुम्बासी भनेर आउने सबैलाई काठमाडौमा घर बनाएर दिने घोषणा गरेका छन् ।
नेपाल महिला एकता समाज, नेपाल बसोबास बस्ती संरक्षण समाज र लुमन्तीले आइतवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा स्थापितले दिनमा २० देखि ३० वटा तीन कोठे घर निर्माण गरेर राजधानीको चोभारमा बाग्मती किनारबाट विस्थापित सबैलाई पुर्नस्थापना गर्ने काम सुरु भएको समेत जानकारी दिए ।
उनले सुकुम्बासीलाई बसोबासको ब्यवस्था गर्नु राज्यको कर्तब्य भएको भन्दै सुकुम्बासी भनेर आउने सबैलाई घर दिन सकिने योजना आफूसँग रहेको बताए । उनले भने–सबैलाई घर दिन सकिन्छ । राज्यको केही पनि जादैन घर दिदैमा ,अब सुकुम्बासीले रोईकराई गर्ने अवस्था छैन ।
तत्कालकोलागी चोभारमा टेण्ट बनाएर बस्ने ब्यवस्था गरिने भन्दै त्यसकालागी सरकारले सुकुम्बासीलाई १५ हजार रुपैया राहतसमेत दिने स्पष्ट पारे ।
उनले चोभारमा सुकुम्बासीकालागी स्कुल, स्वीमङपुल, खाने पानी सबैको ब्यवस्था भएको आवास क्षेत्रको निर्माण गर्ने र अपाङ, अशक्तकालागी मासिक १५ हजार रुपैयाको रोजगारीको ग्यारेन्टी गर्ने समेत आफूसँग योजना गरेको दावी सो अवसरमा दावी गरे ।
कार्यक्रममा नेपाल महिला एकता समाजकी अध्यक्ष विमला लामाले उठिबास लगाईका सुकुम्बासीलाई बैकल्पीक ब्यवस्था नहुन्जेलकोलागी तत्काल बसोबास र खानपानको ब्यवस्था मिलाउन माग गरिन । सरकारले रातारात अराजक शैलीमा उठिबास लगाएको भन्दै आपत्ति समेत ब्यक्त गरिन ।
|
|
| सरकार र क्षेत्री, व्राम्हण समाजवीचको बार्ता निष्कर्ष विहिन |
|
| काठमाडौं, २९ वैशाख । सरकार र संयुक्त संघर्ष समितिवीच शुक्रवार भएको बार्ता निष्कर्ष विहिन भएको छ । बार्ता निष्कर्ष विहिन भएपछि समितिले नेपाल बन्दको कार्याक्रमलाई निरन्तरता दिएको छ । सरकारसँगको बार्ता पछि बसेको बैठकले बन्दलाई निरन्तरता दिने निर्णय गरेको समितिले जनाएको छ ।
दुई दिनको नेपाल बन्दका कारण आजित भएका सर्वसाधारणलाई पुनः समस्या हुने भएको छ । यस अघि सरकारकाप्रति निधि र प्रमुख दलका शीर्ष नेताहरुसँग पनि समितिको बार्ता भएको थियो । बार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यका पक्षमा अडान राखेपछि समिति आक्रोशित हुँदै बाहिरिएको हो ।
समितिले जातीय राज्य नबनाउन गरेको प्रस्तावलाई एमाओवादीले अस्वीकार गरेपछि बार्ता सफल नभएको समितिका सदस्यहरुले बताएका छन् ।
बार्तामा सरकारका तर्फबाट बार्ता टोली संयोजक तथा उपप्रधानमन्त्री कृष्ण सिटौला सहितका सदस्य तथा दलहरुका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको सहभागिता थियो ।
संयुक्त संघर्ष समितिबाट व्राम्हण समाज, क्षेत्री समाज, दलित समाज, दशनामी समाज, पिछडा बर्ग लगायतको उपस्थिती थियो ।
यसैक्रममा क्षत्री समाज काठमाडौंका उपाध्यक्ष रामकुमार क्षत्रीले क्षत्री, ब्राहमण, दशनामी, समाज लगायतले गरेको २ दिने नेपाल बन्दलाई आम नेपाली जनताको सहयागेबाट सफल भएको छ ।
|
|
| नेपालमा पत्रकारलाई समाचार संकलनमा अबरोध |
|
| काठमाडौं, २९ वैशाख । प्रमुख चार दलको बैठक स्थल नयाँ बानेश्वरमा शुक्रवार पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । यस अघि बैठक भवन नजिक बस्न दिईएपनि आज भने पत्रकारलाई मुलगेटबाटै प्रवेश गर्न नदिएको पत्रकारहरुले गुनासो गरेका छन् । विशेष समितिको कार्यालय बाहिर मुल गेटबाट पत्रकारलाई प्रवेशमा रोक लगाएपछि रिपोर्टङ गर्न समस्या भएको छ ।
पत्रकारलाई समाचार संकलनमा अवरोध भएकोमा सञ्चारकर्मी खेद व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीलाई समाचार संकलनमा सहजता बनाउन आग्रह गरेका छन् ।
|
|
| नेपालमा जनता र नेता बन्द कार्यक्रममा व्यस्त |
|
| काठमाडौं, २८ वैशाख । राष्ट्रिय अखण्डताका लागि जातिय सद्भाव सयुक्त संर्घष समितिले विभिन्न माग गर्दै आहृवान गरेको नेपाल बन्दका कारण बिहीवार देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण काठमाण्डौमा पनि सवारी साधन कम चलेका छन् । बन्द सफल बनाउन भन्दै हिडेका केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउसमेत गरेको छ । बन्दमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर सडकमा सुरक्षाकर्मीको बाक्लो रुपमा तैनाथ गरिएको छ । बन्दले कक्षा १२ को परीक्षा दिइरहेकाहरुलाई मार परेको छ । यस्तै सुदूरपश्चिम, मध्यपश्चिमसहितका ठाउाका नागरिकले भने दोहोरो बन्दको मार खेपेका छन् ।
संघियता जातियताका आधारमा हुनु नहुने तर उत्तर दक्षिण जोडिएको संघियताका लागि भन्दै बन्द आहृवान गरिएको विभेद मुक्ती प्रगतिशिल समाजका केन्दिय अध्यक्ष रुपबहादुर परियारले जानकारी दिनुभयो ।
जातिय संघ संगठनलाई अन्य जातियमा नभई आदिवासीमा सुचिकृत गर्नु पर्ने, आफुहरुको हक अधिकार हरेक क्षेत्रमा स्थापित गर्नु पर्ने, तोकिएको समयमा संविधान बन्नु पर्नेलगायत माग राख्दै संर्घष समितिले बिहीवार र शुक्रवार बन्दको आहृवान गरेको हो ।
ब्राहृमण समाज, क्षत्री समाज, ठकुरी समाज महासंघ, दशनामी समाज, विभेद मुक्ती प्रगतिशिल समाज, दलित जागरण सेवा संघ, पिछडा वर्ग महासंघलगायत संघसंगठन आवद्ध रहेको समिति बन्द गराएका हुन् । बन्दले गर्दा छोटो तथा लामो दुरीका सवारी साधान सन्चालनमा आउन नसकेकाले यात्रुहरु बीचबाटोमा नै अलपत्र परेका छन् ।
यसै क्रममा काठमाडौं क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष रामकुमार क्षत्रीले जातीय अधिकारका नाममा मलुकलाई विखण्डन गराई साम्प्रदायीक हिंसा भड्काउने जुन किसिमको जातीय आधारमा राज्यको भागबण्डा गर्ने क्रियाकलाप भईहरेको छन् यसले राष्ट्र र राष्ट्रियता तथा जातीय सददभावमाथी आँच आउने निश्चित छ । उहाँले यसप्रति समयमा नै सचेत हुनु जरुरी छ । तसर्थ, यस किसिमको गम्भिर विषयलाई समयमा नै राज्यको ध्यानाकर्षण नभएकोले ्क्षेत्रीहरु दुई दिने नेपाल बन्द गर्न बाध्य भएको बताए ।
|
|
| अमेरिकी हवाइ आक्रमणमा अल-कायदाका नौ लडाकूको मृत्यु |
|
|
आदेन, २८ वैशाख । अल-कायदाका लडाकू विरुद्ध गएराति दक्षिणी यमनको जार प्रान्तमा अमेरिकी मानवरहित विमानद्वारा गरिएको आक्रमणमा परी कम्तीमा पनि नौजना लडाकू मारिएको समाचार छ ।
विगतका केही समयदेखि हिंसाग्रस्त बन्दै गएको यमनको सो प्रान्तमा सोमबार रातिपनि सरकारी सेनाले गरेको कारबाहीका क्रममा नौ जना अल-कायदाका लडाकू मारिएको बताइएको थियो ।
गतराति ती अमेरिकी विमानले मुस्लिम कट्टरपन्थीहरुको बैठक भएको थाहा पाएपछि आक्रमण गरेका थिए । सो आक्रमणमा परी हामीले कम्तीमा पनि नौजना लडाकूको सब देखेका छौं- यमनका एकजना सैनिकले भने ।
सो प्रान्तमा गत रातिदेखि जारी रहेको निकै लामो समयसम्म सरकारी सेना र अल-कायदाका लडाकूहरुबीच भिडन्त भएको पनि बताइएको छ । भिडन्तका क्रममा केही लडाकूलाई नियन्त्रणमा लिइएको पनि समाचारमा जनाइएको छ ।
गएको महिनादेखि अल-कायदाका लडाकू र सरकारी सेनाबीच भएको भिडन्तका क्रममा सरकारी सैनिक पनि करिब १०० को हाराहारीमा मारिएका छन् । त्यस्तै सो भिडन्तका क्रममा ३०० जना भन्दा बढी अल-कायदाका लडाकूको पनि ज्यान गएको समाचारमा जनाइएको छ ।
|
|
|