एमाले प्रवेश गरेका डिअाइजी सिलवालको राजीनामा स्विकृत

October 9, 2017

काठमाडौं । हालै एमाले प्रवेश गरेका नेपाल प्रहरीको डिआईजी नवराज सिलवालको राजीनामा सरकारले स्विकृत भएको छ ।  गृहमन्त्री जनार्दन शर्माले सिलवालको राजीनामा स्विकृत गरेका हुन । मन्त्री शर्माले असोज १९ गतेको मिति राखेर सिलवालको राजीनामा स्विकृत गरेका हुन ।

उनले केही समयअघि एक विज्ञप्ति जारी गर्दै राजीनामा दिए पनि सरकारले उनको राजीनामा स्विकृत गरेको थिएन ।

नेपाल प्रहरी पुर्व अधिकारी सिलवाल शुक्रवार एमालेमा प्रवेश गरेका थिए । सिलवाल प्रहरी प्रमुखको दौडमा रहेको बेला सरकारले वरियतामा पछि रहेका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि उनि सर्वोच्च अदालतको ढोकामा पुगेका थिए ।

सिलवालले दायर गरेको रिटमा सर्वोच्चले फैसला सुनाउदै डिआईजी चन्दको नियुक्ती बदर गरेको थियो । त्यसपछि पनि सरकारले प्रतिशोध साधेर सिलवालको ठाउमा डिआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

सर्वोच्चमा आफुलाई प्रहरी प्रमुख बनानुपर्ने भन्दै सिलवालले दायर गरेको मुद्दाको सुनुवाइ उनको विपक्षीमा अाएको थियो । प्रधानन्यायधीस गोपाल पराजुलीले तत्कालिन प्रधानन्यायधीस शुसिला कार्कीले गठन गरेको बृहत बेन्च परिवर्तन गरेर नयां वेन्च गठन गरेका थिए । उक्त बेन्चले नै सिलवालको मुद्दा खारेज गरेको थियो ।

सम्बन्धित समाचार