६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नवलपुर ल्होछार कन्सर्ट: तीर्थ लामाले भने-शासन र प्रशासनमा तामाङ पुग्नुपर्छ


२३ माघ २०७४, मंगलबार  

0
Shares

रोज मोक्तान, शशिकला मोक्तान, विशाल काल्तान, निर्मला घिसिङ, जीवन बम्जन, आशमान लोप्चन र प्रयास दोङको बेजोड प्रस्तुति

फुलमान तामाङ/नवलपुर

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका मा नवलपुर युनाइटेड क्लबद्वारा आयोजित नवलपुर युनाइटेड ल्होछार कन्सर्ट बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

पूर्व सभासद् एवं नेपाली कांग्रेसका युवा नेता तीर्थ लामाको प्रमुख आतिथ्य मा र क्लब अध्यक्ष चीन लामा को सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नवलपुरस्थित क्लबको प्राँगणमा सोमबार आयोजित उक्त कार्यक्रममा चर्चित सेलो पप गायक रोज मोक्तानले कम्मरा भुल्यो यानी माया, हेलम्बुको बजारमा ,आयो ढल्काउदै झमझम इस्टाकोट इत्यादि गीत बाट दर्शकलाई नचाएका थिए।

यसैगरी गायिका शशिकला मोक्तानले विभिन्न तामाङ सेलो, तामाङ गीत र नाचु नाचु लाग्यो लगायत गीत ले भव्य मनोरञ्जन दिलाएकी थिइन्।
चिसोचिसो मौसममा गायक विशाल काल्तानले गादे ज्याबा जामे कादे छार जिम होइ गीतबाट भरपुर मनोरञ्जन दिलाएका थिए।

यसैगरी गायिका निर्मला घिसिङ, गायक जीवन बम्जन गायक प्रयास दोङ ले पनि भरपुर रुपमा साँगीतिक प्रस्तुतिमार्फत दर्शकलाई झुमाउदै नचाएका थिए।

सिन्धुको सान हाम्रो पहिचान गायक आशमान लोप्चनले पनि साँगीतिक प्रस्तुतिमार्फत स्टेज तताएका थिए।

कन्सर्ट विशेष कार्यक्रम स्थानीय कलाकारले पनि मनोरञ्जन दिलाएका थिए साथै नायिका सुष्मा मोक्तान स्टाइलिस कृउ डान्स ग्रुप र ब्यान्ड टिमले आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन दिलाए।

कार्यक्रममा इन्द्रावती (४ वडाध्यक्ष जगतमान ताल्चाभडेल, इन्द्रावती (१ का वडाध्यक्ष श्री लामा र इन्द्रावती (२ वडाध्यक्ष वीरबहादुर तामाङ ले मौलिक पौराणिक तामाङ गीत गाउँघरमा गाइने गीत गाउदै यो तामाङ जाती को सस्कृती संरक्षणमा सक्दो सहयोग गर्ने वचन दिए।

वल्ड ट्रेल फाइन्डरका प्रयोजक एवं पर्यटन ब्यबसायी सुदिप मोक्तानले प्रायोजन गरेको उक्त कार्यक्रममा विशेष अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले क्लबप्रति बिशेष आभर व्यक्त गर्दै क्लबको प्रयासको प्रशंसा गरे।

त्यस्तै विशेष अतिथिकै रुपमा रहेका युवा नेता तथा नेपाली कांग्रेस का जिल्ला सचिव बिलबहादुर तामाङले आफुले सक्दो सहयोग गर्ने र आउँदो दिनमा तामाङहरु सचेत भै आफ्नो मौलिक संस्कृति जोगाउनु पर्ने मा जोड दिए।

शासन र प्रशासनमा तामाङ पुग्नुपर्छ-तीर्थ लामा

कार्यक्रमका प्रमुख अतिथि तीर्थ लामाले शासन र प्रशासनमा तामाङको उपस्थिति बढ्नुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले करिब २५० बर्ष बढी शासकरुले तामाङ जातिमाथी शोषण गरेकोले राजनीतिक एवं समाजिक रुपमा पछि परेको उल्लेख गर्दै अब जागरुग हुनुपर्ने बताए। भने, ‘साँस्कृतिक रुपमा र अहिले तामाङहरु सचेत भै सकेको छन्। त्यसैले शासन र प्रशासन गर्ने तामाङ पुग्नु पर्छ।’

तामाङका छोरा हरु कुलमान जस्तै ब्यक्तित्व भएर जन्मिएका उल्लेख गर्दै उनले राज्य चलाउने क्षमता तामाङहरुसँग भएकाले तामाङले राज्य चलाउन पाउनुपर्ने माग गरे।

लामाले इन्द्रावतीको पानीसँग आफ्नो जीवन गाँसिएको उल्लेख गर्दै भने, ‘यसर्थमा कि सुनकोसीको पानी दुम्जामा गएर मिसिएको कारण तिमाल रोशी हुँदै सुनकोसी सङगा जोडिएको ले मेरो जीवन यो ठाउँको हावापानीसँग गाँसिएको छ।’

उनले ल्होछारको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै क्लबलाई सघाउने प्रतिबद्धता जनाए।

क्लबका अध्यक्ष चीन लामाले ल्होछार कन्सर्ट युवालाई आफ्नो मौलिक संस्कृतिप्रति मोह बढाउनकासाथै तामाङ समूदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्न आयोजना गरेको बताए।

प्रकाशित मिति : २३ माघ २०७४, मंगलबार  ९ : ५९ बजे