७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चिरप्रतिद्वन्द्वी नवलपुर युनाइटेड र नवलपुर युवा क्लब फाइनलमा


३० आश्विन २०७४, सोमबार  

0
Shares

फुलमान तामाङ/नवलपुर

नवलपुर युनाइटेड क्लबद्वारा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजना गरेको प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा आयोजक नवलपुर युनाइटेड र नवलपुर युवा क्लब भिड्ने भएको छ ।

आइतबार भएको सेमिफाइनलको खेलमा नवलपुर युनाइटेड (बि) लाई नवलपुर युवा क्लब टाकुरे ले ५–१ गोल ले पराजित गर्दै नवलपुर युबा क्लब टाकुरे फाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा प्रवेश गरेर आयोजक ए सँग भेट तय गरेको कमलादेवी युथ क्लबविरुद्ध जिल्लाबाहिरका खेलाडी समावेश गरेको उजुरी परेपछि नवलपुर युनाइटेड स्वतः फाइनल प्रवेश गरेको थियो ।

फाइनल प्रवेश गरेका युनाइटेड र युवा क्लब चिरप्रतिद्वन्द्वी समूह हो । यसअघि क्षेत्रीय नवलपुर गोल्डकप खेलमा युवा क्लबले उपाधि उचालेको थियो ।

क्वाटर फाइनल प्रवेश गरिसकेका कमलादेवी युथ क्लब र गोर्खाली गाइज क्लब दुवै टिम ले एकाअर्कालाई उजुरी हालेपछि आयोजकले सहमत गर्न ७ घण्टाको समय दिदा पनि दुबै टिमको सहमत हुन नसकेपछि एन्फाको नियम अनुसार दुबै टिम स्वतः बाहिरीएको हो । केही टिम बाहिरिएकोले आयोजकले फाइनल खेल तालिकामा हेरफेर गरेको छ ।

कात्तिक ३ गते हुने भनिएको फाइनल खेल असोज ३१ गते नै गर्ने आयोजक क्लबका अध्यक्ष चीन लामाले जानकारी दिए । गत मंगलबार इन्द्रावती–५ स्थित ऐसेलुखर्क मैदानमा इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा १४ समूह प्रतिस्पर्धामा उत्रिएका थिए ।

आयोजक क्लबका अध्यक्ष लामाका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र हात पार्नेछन् भने दोस्रो हुनेले १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमले ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो सिन्धुपाल्चोक जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ । यसअघि क्लबले प्रथम ६ नम्बर इलाक स्तरीय फुटबल प्रतियोगिता र प्रथम क्षेत्रीय नवलपुर गोल्डकप आयोजना गरिसकेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार  ८ : ३२ बजे