फगत प्रहरी संगठनको महानिरीक्षक हुन सकिनँ भन्दै सिलवालले गरे राजीनामा

September 12, 2017

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक पदको दाैडमा रहेका डिअाइजी नवराज सिलवालले अाज राजीनामा दिएका छन् । अाफुलाइ महानिरीक्षक बनाइ पाउँ भनी सर्वोच्च अदालतमा हालेको रिट लामो समयपछि खारेज गरिदिएकै दिन दुई पेजको विज्ञप्ति निकाल्दै डिआइजी नवराज सिलवालले राजीनामा दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘फगत प्रहरी संगठनको महानिरीक्षक हुन सकिनँ। तापनि सम्पूर्ण देशवासी र समस्त प्रहरीले देखाएको सदभाव र मायलाले मलाई त्यो भन्दा उच्चकोटीमा राखेको महशुस गरेको छु।’

गत फागुन १ गते जयबहादुर चन्दलाइ सरकारले महानिरीक्षकमा नियुक्त गरेपछि अाफु नम्बर एकमा रहेकोले महानिरीक्षक बन्न पाउँ भन्दै सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । उनको रिटमाथि अदालतले छिनोफानो गर्दै चन्दको फुली खोसेको थियो ।

चन्दको अाइजिपीको फुली खोसिएपछि सरकारले प्रकाश अर्याललाइ महानिरीक्षकमा नियुक्ती दियो । त्यसपछि सिलवाल पुनः सर्वोच्च पुगे । यद्यपि उनको रिट पेसी सर्दासर्दै अाज रिट नै खारेजीमा परो ।

सम्बन्धित समाचार