७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नवराज सिलवालको नाममा ‘रेड कर्नर नोटिस’ प्रति एमालेकाे आपत्ति


९ माघ २०७४, मंगलबार  

0
Shares

काठमाडौं । एमालेले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए ।

 

जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रूपमा फसाउने उद्देश्यले शेरबहादुर देउवा नेतृत्वको सरकारको दबाबमा नोटिस जारी गरिएको भन्दै एमालेले पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधिविरुद्ध भइरहेका यी गतिविधि पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्षसहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ,’ सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार  ८ : २६ बजे