कांग्रेस थाङ्पालकोट इकाईको आफ्नै कार्यालय, सभापति लामाले गरे उद्घाटन

October 5, 2018

नवलपुर । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा ४ स्थित थाङपालकोटमा नेपाली काँग्रेस गाउँ इकाइ समिती पार्टी कार्यालय स्थापना भएको छ । इकाई पार्टी कार्यालयको बिहीवार कांग्रेस जिल्ला सभापति विकास लामाले उद्घाटन गरे ।

सोही अवसर पारी पार्टीका नेता तथा कार्यकर्ताले दशैंतिहारको शुभकामना आदानप्रदानसमेत गरे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सभापति लामा, बिशेष अतिथिका रुपमा प्रदेश सभा सदस्य निमा लामा र अतिथि विकास तामाङ, उदय सापकोटालगायत उपस्थित थिए ।

साविक थाङपालकोट गाउँ इकाइ समितिका सभापति नामगेल लामाको सभापतित्वमा आयोजित कार्यक्रममा सभापति लामाले दशैतिहारको शुभकामना दिँदै पार्टीको संगठन सुधारका लागि जिल्लामा कृयाशिल बितरण तथा प्रशिक्षण कार्यक्रमहरु गर्ने बताए । साथै उनले कम्युनिस्ट सरकारले महँगी बढाएको,चर्को कर लगाएको र शान्ति सुरक्षा फितलो बन्दै गएको आरोप लगाउँदै यो सरकार असफल भइसकेको दाबी गरे ।

सम्बन्धित समाचार