अमेरिका नेपाली पत्रकार संघको अध्यक्षमा भोला अाचार्य निर्विरोध, महासचिवमा तोयानाथ दाहाल

May 18, 2017

लस एन्जलस । अमेरिका नेपाली पत्रकार संघको पाँचाै अधिवेशनले भोला अाचार्यलाइ अध्यक्षमा निर्विरोध चयन गरेको छ । अधिवेशनमा अाचार्यको नेतृत्वमा १२ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन भएको छ ।

मे ७ र ८ मा लस एन्जल्समा भएको अधिवेशनले उक्त कार्यसमिति चयन गरिएको निर्वाचन समितिका सदस्य नारायण सापकोटाले जानकारी दिए ।

उपाध्यक्षमा गुणराज लुइटेंल, महासचिवमा तोयानाथ दाहाल, सचिवमा अग्नि चाैलागाइ, कोषाध्यक्षमा शैलेश पोखरेल चयन भएका छन् । यसैगरी पश्चिम क्षेत्र संयोजकमा ध्रुव कुँवर, डिसि मेट्रो क्षेत्र संयोजकमा विष्णु पाैडेल शितल, न्युयोर्क क्षेत्र संयोजकमा बिष्णुहरि घिमिरे, दक्षिण पूर्व क्षेत्रीय संयोजकमा किशन रेग्मी चयन भएका छन् ।

सन्दीपकुमार चाैधरी, बालकृष्ण जाेशी र अनुज थापा कार्यकारी सदस्यमा चयन भएका छन् ।

सम्बन्धित समाचार