नेजा अध्यक्षमा सुदिपराज पन्त निर्विरोध, महासचिवमा किरणबाबु मरहठ्ठा

July 23, 2018

सियाटल । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्षमा सुदिपराज पन्त निर्विरोध निर्वाचित भएका छन् । अमेरिकाको सियाटलमा भएको नेजाको छैटौं अधिवेशन तथा १२ औं साधारण सभाबाट पन्त अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अन्तिम नामावलीमा सबै पदमा एक एक जनाकोमात्र उम्मेदवारी परेकोले सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक तारा बरालले जानकारी दिए ।

उपाध्यक्षमा विकासराज न्यौपाने, महासचिवमा किरणबाबु मरहठ्ठा, सचिवमा सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेवी गुरुङ चयन भएका छन् ।
आइतबार भएको अधिवेशनबाट क्षेत्रीय संयोजकहरुसमेत चयन गरिएको छ । जसमा गोकुल ढकाल, पश्चिम क्षेत्र, रामचन्द्र भट्ट, मध्य क्षेत्र, कल्पना घिमिरे, पूर्व क्षेत्र, लिला ओझा ढकाल, डिसी महानगर चयन भएका छन् ।

सदस्यहरुमा शेरबहादुर केसी, बाबुराम खरेल र निदेश अधिकारी चयन भएका छन् ।

सम्बन्धित समाचार