नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकाश, दिनेश र मनोजलाई

May 18, 2017

नेपाल अमेरीका पत्रकार संघ (नेजा)ले यसैवर्ष स्थापना गरेको  नेजा सामुदायिक पत्रकारिता पुरस्कार तीन जनाले पाउने भएका छन् । पत्रकार राजेश मिश्रको संयोजकत्वको छनौट समितीले शिवप्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई पुरस्कारको लागी छनौट गरेको हो । १ हजार १ सय १ डलर पुरस्कार राशीको सो पुरस्कार ११ औं साधारण सभा उद्घाटनका दिन प्रदान गरिने नेजाले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे ६ र ७ तारिखमा वासिंटन डिसीमा हुन लागेको साधारण सभाको तयारी पुरा भएको नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिए । सभामा सहभागी हुन नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर अमेरीका आइसकेका छन् । साधारण सभाको उद्घाटन सत्रमा अमेरीकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्की लगायत नेपाली संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहने साधारण सभा मुल आयोजक समितीका संयोजक तथा नेजाका उपाध्यक्ष गुणराज लुइटेलले जानकारी दिए।

सम्बन्धित समाचार