प्रधानमन्त्रीद्वारा नेकपाका जनप्रतिनिधिसँग गुठीसम्बन्धी विधेयकबारे छलफल

June 17, 2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गरेका छन् ।
काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश सभाका सांसद, मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गरेका थिए । राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा, साँसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राखेका थिए । यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका बिषयमा आफ्नो धारणा राखेका थिए ।

नप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताए ।

सम्बन्धित समाचार