अमेरिका टुरमा जाँदै नेपाल आइडलका ‘टप थ्री’

December 15, 2017

न्युयोर्क । केटिएम इन्टरटेनमेन्टले अमेरिकामा नेपाल आइडलका तीन बिजेताले अमेरिकामा दुई महिना सांगीतिक यात्रा गर्ने भएका छन् । जनवरी र फेब्रुअरी महिनाभित्र उनीहरुले विभिन्न राज्यमा १३ वटा कन्सर्ट गर्नेछन् । वेग्ला बेग्लै धर्म र सस्कृतिक पृष्टभुमीबाट नेपाल आइडल टप थि्र बन्न सफल उनीहरुले अमेरिकामा आएर सवैलाई सस्कृति सुहाउदो गीत पस्कने भएको छ । फरक फरक समुदायहरुको साथै अमेरिकाबाट सवैले आ आफनै ठाउबाट उनीहरुलाई नेपाल आइडल बन्नका लागी सहयोग गरेका थिए ।

‘मौलिक नेपाली गीतसंगीतमार्फत प्रवासमा सबै नेपालीलाई एक ठाउँमा भेला गराउनका यो सांगीतिक यात्राको आयोजना गर्न लागेको हो,’ फाउन्डर अफ केटिएम राकेश  गुरुङले भने । उनकाअनुसार फरक संस्कृति पृष्ठभूमिबाट आएका उनीहरुले यात्रा अवधीभर नेपाली गीत मात्र गाउनेछन् । यात्रामा उनीहरुको कन्सर्टमा स्थानीय व्याण्डले नेपाली बाजाहरु गितार, मादल, साराङगी, बाँसुरी प्रयोग गर्ने गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार