न्युयोर्कमा नेपाल चिनाउने परेडमा हजारौ नेपाली सहभागी

May 25, 2017

एभरेस्ट टाइम्स/न्युयोर्क

नेपालको पुर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्मका नेपालीहरु हातमा नेपाल र अमेरिकाको झण्डा बोकेर म्यानह्टनको ३८ स्ट्रिटको म्याडिसनमा भेला भएका थिए । हजारौको संख्यामा रहेका नेपालीहरु सन्सारमा बुद्ध जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको देशको रुपमा परिचित नेपाललाई न्युयोर्कमा चिनाउन दोश्रो नेपाल डे परेडमा भाग लिएका थिए । न्युयोर्कमा भएको करिब ५२ र अन्य राज्यबाट आएका केही सस्थाहरुको सहाभागीतामा भएको नेपाल डे परेड मिनि नेपालको रुपमा प्रस्तुत भएका थिए ।


दिउसो १ बजे उद्योगमन्त्रि नविन्द्रराज जोशीद्धारा उदघाटन गरेको परेडमा ग्राण्ड मार्सलको रुपमा कान्छी आरोही मिङकिपा शेर्पा थिए । परेडमा राजदुत अर्जुन कार्की,राष्ट्रसंघका लागी स्थायी प्रतिनिधि दुर्गा भट्टराई, नेपाल कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्री लगायत चर्चित आरोहीहरु दोर्जी शेर्पा, भेनिसा ओबाइरन, युआइजिएमका गाइड ङवाङ ङिमा शेर्पा अतिथिको रुपमा उपस्थित थिए ।


बुद्ध जयान्ती, गणतन्त्र दिवस र एभरेष्ट डेको अवसरमा भएको परेडमा शुरुमा बुद्धको मुर्तिसहितको शेर्पा किदुगको धर्मगुरुहरु थिए भने त्यसपछि युएस नेपाल क्लाइबर्स एसोसियसनमा अवद्ध कीर्तिमान सगरमाथा आरोहीहरुको उपस्थिति थिए ।पहिलो पटक शेर्पा किदुगले भाग लिएको परेडमा धर्म सस्कृति विभागबाट रिग्सुङ लोप्टाको विद्यार्थीहरुको प्रस्तुती थियो भने कलासस्कृति विभागबाट गायक देण्डी शेर्पा, गाम्बु शेर्पा र फारा देण्डी शेर्पाले शेर्पा गीत गाउदै मनोरञ्जन दिएका थिए भने साथमा सिलि र सिंहको नृत्यहरु प्रस्तुत गरेका थिए । त्यस्तै किदुगको खेलकुद विभागबाट १८ वर्ष मुनिका फुटबल खेलाडीहरु र प्रशिक्ष्ँकहरु सहाभागी थिए । त्यसपछि क्रमस न्युयोर्कमा क्रियासिल समुदायहरु रिज्युउड नेपाली सोसाइटी, गुरुङ समुदाय, मगर समुदाय, राई समुदाय, लिम्बु समुदाय, ह्योल्मो समुदाय, ग्याल्सुम्दा समुदाय, मुस्ताङ समुदाय, नेवारी समुदाय, मद्येशी समुदाय लगायतले आ आफनै भेषभुषा झल्कने झाकीका साथ परेडमा सहाभागी भएका थिए ।

उनीहरुले झाकी सहित आफनो भाषाको गीत र नृत्यहरु पनि प्रस्तुत गरेका थिए । परेड म्याडिसनको ३८ स्ट्रिटबाट २७ स्ट्रिटमा गएर टुङिगएको थियो । परेड सकेपछि म्याडिसनको २४ र २५ स्ट्रिटको वीचमा परेड समापान गदै करिब दुई घण्टा नेपाल झल्कने सास्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा परेडका कन्भेनर मंगलदास श्रेष्ठले परेड सफल बनाउनका लागी सहयोग गर्नेहरु सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार