मेरो नेपाल यात्रा-१

November 3, 2017

आङछिरिङ शेर्पा

महिनौदेखि मातृभूमि नेपाल जाने योजनाकासाथ गत अक्टोबर ४ तारिख त्यसतर्फ प्रस्थान गरें । मनमा दुई ठुला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर जन्मस्थल गाउँ र अन्य जिल्लामा जाने रहर र उमंग बोकेर कर्मभूमि छाडदै गर्दा सयौ शुभचिन्तकहरु यात्रा सफलताको शुभकामना दिइरहेका थिए । कतिपय आफन्तहरुले त केही दिन अगावै घरमा आइपुगी खादाका साथ शुभकामना दिए भने धेरै जसो मित्रहरुबाट फोन र मेसेजमार्फत शुभकामना पाएँ ।

बिहानदेखि व्यस्त फोन फेसबुकका स्टाटस अपडेट गरेपछि चार्ज कम भएर बन्द भयो । त्यसदिन एकै विमानमा यात्रा गर्न लागीरहेका शेर्पा किदुगका संरक्षक सदस्यहरु निमा देण्डी शेर्पा, गेल्मु शेर्पा र छिरिङ लामा पनि भेट भयो । न्युयोर्क छाडेका हामीहरु सँगै स्थानीय समय अनुसार दिउँसोको २ बजे अवुधवीको पुग्यौं । दुई घण्टाको ट्रान्जिटमा फोन चार्ज, चिया नास्तासँगै सामूहिक तस्विर खिच्यौं । त्यहाँ पुगेको फेसबुकमा अपडेट गर्दै काठमाडौंतिर उड्यौं ।

काठमाडांै पुग्दा बेलुकीको ८ बजिसकेको रहेछ । पूर्णिमाको उज्यालो रात भर्खरै आकाशबाट परेको पानीले पखालेको मातृभुमिलाई विमानबाट देख्ने वितिकै मनभरी खुसी भरिएर आयो । विमान अवतरण हुन अगावै आकाशबाट बौद्धनाथ, स्वयम्भुनाथ, पशुपतिनाथ लगायतका धार्मिक महत्वका सम्पदाहरुको दर्शन गर्न पाएँ । अमेरिका आएदेखि मातृभूमिमा तीन पटक ओहोरदोहोर गरेअनुसार यो मेरो तीन वर्षपछिको यात्रा थियो । नेपालको विमानस्थलमा ओर्लिनसाथ हिमालको चिसो हावाले स्वागत गरिरहे झैं लाग्यो । सकुशल उत्रन पाएकाले नै होला, सबैको अनुहार उज्यालो देखिन्थ्यो ।

त्यसदिन सँगैको यात्रामा नेपाल फर्कने नेपालीहरुसँगै विदेशी पर्यटकहरु पनि उतिकै थिए । बाहिर निस्कनका लागी हामी अध्यागमन तिर लाग्यौं । विदेशी नागरिकता लिनेहरु एकतिर थियौ भने हामी ग्रिनकार्ड भएका अर्केतिर । त्यहाँ पस्ने बित्तिकै विभिन्न मुलुकबाट आएका यात्रुहरु केही लाइन लागीरहेका थिए भने कोही भुइँमा बसिरहेका थिए । धेरै जसो हातमा सानो फारम समातेर बसेका थिए भने कोही त्यही फारम भरिरहेका थिए । त्यही फारम जतासुकै भुइभरि छरपष्ट थिए । अमेरिकामा जथाभावी फोहोर फल्न हुदैन भन्ने सिस्टममा बसेका हामी त्यहाँ पुग्दा एकछिन अचम्म लाग्यो । एक जना कर्मचारीलाई सोधे के हो दाई यस्तो ? उनले जवाफ फर्काए, ‘नेपाल हो नेपाल, यहाँ यस्तै हो ।’
उनको कुरा सुनेर नेपालमा अझै उही पुरानो सोच र प्रवृति हावी रहे झैं लाग्यो । हरेकले अनिवार्य रुपमा भर्नु पर्ने सानो फारम भरेर अध्यगमनतिर गयौं । कतिपयलाई त्यो फाराम भर्न असजिलो भइरहेपनि सहयोग गर्नेहरु कोही थिएन । लामो यात्राले थकित शरीरले फारम खोज्दै भर्नु पर्दाको दुखेसो पर्यटकहरुले गर्दै थिए । हुन पनि आधुनिक प्रविधिको युगमा पनि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको हालत पुरानै देख्दा देश परिवर्तन हुन नसकेको अनुभुती भयो । विदेशी पर्यटक र बाहिरबाट आउने नेपाली यात्रुहरुको सुविधाका लागि नेपालको विमानस्थलमा दशकौ पहिलादेखि नै सानो फाराम भराउने चलन हटाएर कम्पुटर स्क्रिनबाटै हरेक यात्रुहरुको जानकारी राख्ने सुविधा दिनु पथ्र्यो ।

तर त्यो सोच नेपाल सरकारको अझैसम्म पनि आएको रहेनछ । हुन त लोडसेडिङको मार खेपेको देशमा सरकारकाले साहस नगरेपनि जहा इच्छा त्यहा उपाय भने झैं अन्तर्राष्ट्रिय विमानस्थलका लागि केही उपाय निकाल्न सकिन्थ्यो । यदि कम्प्युटर सिस्टममा फारम भराएको भए यात्रुहरुलाइै विना झन्झट समय बच्थ्यो भने जथाभावी भुईमा छरिएको फारम पनि खेर जादैन्थ्यो । ‘फस्ट इम्प्रेसन इज लस्ट इम्प्रेसन’ भने झै नेपालमा पहिलो पटक आउने पाहुनालाई विमानबाट निस्कनसाथ वेलकम टु माउन्ट एभरेस्ट, बुद्ध र विश्व सम्पदा सूचीको तस्विर राखेर स्वागत गरेको भए राम्रो छाप पथ्र्यो होला । त्यो कमी भएको महसुस भयो । यदि हामीले त्यसो गर्न सकेको खण्डमा पर्यटकहरुले पनि नेपालको बारेमा सुनिरहेको त्यहाँ पाइन्थ्यो । तर, विमानस्थलमा त्यस्ता कुरालाई भन्दा पनि व्यापारिक विज्ञापनले भित्ता रंगिएको देख्दा अझै पनि हामीले नेपाली सम्पदा र सुन्दतरतालाई प्रथामिकता दिन नसकेको देखियो ।

विमानस्थलको ब्यागेज क्लेममा यात्रुहरुले आफनो सामानहरु लिन जादा कठिनाईहरु भोग्नु परेको यसपटक पनि देखियो । कतिपयको लामो समय कुरेर पनि सामान नआएपछि सम्बन्धित कर्मचारीलाई सोध्दा भने जस्तो सहयोग नगरेको गुनासो यात्रुहरुले गरे । त्यही विमानस्थल हो जहाँ विशेष गरी नेपालबाट बाहिर जाने कतिपय नेपाली यात्रुहरुलाई अध्यागमनको अधिकारीहरुले कागजात मिलेन भनेर दुःख दिदै जसरी रकम असुल्दै आएको छ । यस्ता गतिविधिहरुले सबैमाझ गलत छाप परेको छ । सरकारको तलब खाने कर्मचारीले त्यो किसिमको गलत कार्य गर्नु हुदैन । विश्वको विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकहरु र अतिथिहरुलाई सरकारले सत्कार गर्न जान्नु पर्छ । सत्कारको नाममा उनीहरुलाई दुःख दिनु भनेको देशको वेइज्जत हुनु हो भन्ने सबैले बुभ्mनु पर्छ । मनमनमा कहिले देशको कर्मचारीहरुको पुरानो सोच परिवर्तन होला भन्दै आफनो ब्यागेज लिएर निस्कन लाग्दा बाहिर परिवारका सदस्यहरु लिन आइपुगे । उनीहरुसंगै बौद्धतिर लागे । दुई दिनपछि हुने विश्व शेर्पा सम्मेलनको बारेमा सोच्दै त्यस तर्फ लागे ।…

…बाँकी अर्को भागमा

 

 

सम्बन्धित समाचार