नेपालगञ्ज उपमहागरपालिकाको मेयरमा राप्रपाको जित, उपमेयरमा कांग्रेस

July 4, 2017

बाँके । नेपालगञ्ज उपमहागरपालिकाको मेयरमा राप्रपा राप्रपाका उम्मेदवार धवल समशेर राणाले १२ हजार ५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. सुरेशकुमार कनौडिया ८ हजार ७३० मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी उमा थापमगर विजयी भएकी छन् । उनले १० हजार ७३१ मत ल्याइन्। निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याएकी थिइन् ।

सम्बन्धित समाचार