अमेरिकामा नेपाली विद्यार्थी एक महिनादेखि बेपत्ता, खोजी गर्न एनआरएनको आग्रह

July 4, 2018

न्युयोर्क । अमेरिकामा रहँदै आएका एक नेपाली विद्यार्थी गत जुन ६ बाट बेपत्ता भएका छन् । भक्तपुर काँडाघारीका २५ वर्षे आर्यन कार्की बेपत्ता भएपछि खोजी गरिदिन एनआरएन अमेरिकाले नेपाली दुतावासलाई आग्रह गरेको छ ।

आर्यन टेक्सको हुस्टन शहरमा जानका लागि सान्टारोजा शहरको ग्रेहाउन्ड बस स्टेसनसम्म पुगेको र त्यहाँबाट सम्पर्कबिहिन भएको बताईएको छ ।

हुस्टनमा रहेका अशोक नामका साथीले बोलाएकाले त्यसतर्फ जाने भनिए पनि अशोकले आर्यन नआइपुगेको जानकारी दिएका छन् । अहिलेसम्म उनी कुन स्थानमा छन् भनी जानकारी प्राप्त नभएकोले अमेरिकीस्थित नेपाली दुतावासलाई आवश्यक प्रक्रिया मिलाएर खोजी गरिदिन एनआरएन अमेरकाका अध्यक्ष डा केशव पौडेलले आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार