न्युयोर्कमा शेर्पा स्टु र कीर्तिपुर प्रदर्शन

May 18, 2017

न्युयोर्क । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका आरोही किपा शेर्पा र ङिमा दावा शेर्पाको कथामा बनाएको वृतचित्र शेर्पा स्टु न्युयोर्कमा प्रर्दशन गरियो । सगरमाथा आरोहण गरिसकेर न्युयोर्क आइपुगेका उनीहरुको जीवनलाई आधार बनाएको वृतचित्र युएस नेपाल क्लाइबर्स एसोसियसनले शेर्पा किदुगमा दुई सो देखाएको थियो । एण्डी कोकोरमद्धारा निर्मित बृतचित्रले उनीहरुको सगरमाथा आरोहणको कथासंगै नेपाल र अमेरिकाको शेर्पा सस्कृतिको बारेमा समेटेको थियो । ‘ दुई सगरमाथा आरोहीको कथालाई रोचक लागेर यो वृतचित्र बनाएको हो ’ एण्डीले भने—‘सगरमाथा चढनु सजिलो कुरो होइन यी शाहसीहरुको बारेमा बनाउन पाउदा खुसी लाग्यो’ । वृतचित्रमा सगरमाथा आरोही किपा शेर्पाले शेर्पा आफनो छोराछोरिलाई गाउबाट काठमाडौ र काठमाडौबाट अमेरिकामा ल्याएर उच्च शिक्षा दिएको कथालाई समेटेको छ । त्यस्तै गाउबाट काठमाडौ आएर काठमाडौबाट अमेरिका आएका ङिमा दावाले आफनो छोरालाई पढाएर गाउमा विवाह गरिदिदा त्यहाको शेर्पा सस्कृति समेटेका थिए । वृतचित्र प्रर्दशनबाट संकलन भएको २० प्रतिशत रकम एसोसियसनलाई दिएको थियो ।


शेर्पा स्टु वृतचित्र प्रर्दशनपछि नेवा गुठीले नेपाली ऐतिहासिक कथा बस्तुमा बनाएको र्कीिर्तपुर चलचित्र प्रर्दशन गरियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा कीर्तिपुरमाथि पटक पटक हमला गर्दाको कथाहरु समेटेका थिए । नेवारी बाहुल्याता रहेको कीर्तिपुरमा पृथ्वीनाराण शाहको गोर्खा शैनिकले लडाईमा पटक पटक जित्न नसकेपछि कीर्तिपुरबासीको बालीनाली नष्ट गरिदिएको, खानेपानीको मुहान थुनी दिएर अन्तिममा कीर्तिपुरकै एक महिलालाई प्रयोग गरि आक्रमण गर्दा कैयो कीर्तिपुरबासीले ज्यान दिएको चलचित्रले देखाएको छ । पृथ्वीनारायणले गोर्खाबाट कीर्तिपुरमाथि आक्रमण गरेर सबैलाई मारेपनि अन्तिममा रानी कीर्तिराज्य लक्ष्मीले कीर्तिपुरलाई जोगाउन अन्तिमसम्म लडेको दृष्यले रानीको महानतालाई उजागार गरेको छ । लडाईको क्रममा चलचित्रमा कीर्तिपुरमा कालुपाडेको टाउको काटेको दृष्यले दर्शकहरुको आङसिरिङ बनाउछ । इतिहास जित्नेको लेख्छ हार्नेको होइन भने झै पृथ्वीनाराण शाहले पटक पटकको लडाईमा कीर्तिपुरेहरुसग हारेपनि अन्तिममा निकै जालसाझी गरेर कीर्तिपुर कब्जा गरेको कथाले देखाएको छ ।

सम्बन्धित समाचार