Everest Times

‘हिँउचितुवा’ शेर्पालाई राज्यले सहयोग गर्छ–मन्त्री गिरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा चढेर ‘हिँउचितुवा’का उपमा पाएका आङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

टाउको, कलेजोमा समस्या देखिएपछि एक हप्तादेखि न्युरो अस्पतालमा उपचार गराइरहेका शेर्पालाई बुधबार अस्पतालमा भेट गरी मन्त्री गिरीले उनको स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेका बताए ।

मन्त्री गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर मुलुकको इज्जतलाई उचाइमा पु¥याएको भन्दै शेर्पाको उपचारका लागि मन्त्रिपरिषद्मा समेत कुरा लैजाने वचन दिए ।

प्रतिकृया दिनुहोस्