Everest Times

साँइला फकाउँदै अनिला (भिडियो)

काठमाडौं । गायिका अनिला राईको ‘ए, साँइला…’ बोलको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । पत्रकार एमपी सुब्बा निर्देशित उक्त गीत टेलिभिजन र यु–ट्युबमार्फत एकसाथ रिलिज गरिएको हो ।
भिडियोमा साँइलीको भूमिकामा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमु भने अभिनेता दिक्पाल कार्कीसाँइला बनेका छन् । भिडियोमा निशा र दिक्पालका अलावा पत्रकार कुबेर गिरिलगायतको पनि अभिनय हेर्न सकिन्छ ।
फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङको छायांकन रहेको ‘ए साँइला’ को शब्द रचना हेमकुमार राईले गरेका हुन् भने संगीत डक्टर किरातको रहेको छ ।
एक दशकदेखि बेलायतका बस्दै आएकी गायिका अनिलाको यो पछिल्लो एल्बम ‘स्वरांकन’ मा समावेश गीत हो, ‘ए साँइला’ ।

प्रतिकृया दिनुहोस्