Everest Times

अारा रारा गोल्ड कपः झापालाइ हराउँदै अार्मी सेमिफाइनलमा

पोखरा । पोखरामा जारी अारा रारा गोल्डकपमा अाज भएको खेलमा आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा रमपम झापा ११ बिरुद्ध २–० को जित निकाल्दै अघिल्लो बर्षको आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको ४७ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको आर्मीका लागि ७० औं मिनेटमा भरत खवासले दोस्रो गोल गरे ।

आर्मीले फाईनल प्रवेशका लागि माघ १२ गते आयोजक सहारा क्लब सँग खेल्नेछ । प्रतियोगिताको फाईनल खेल माघ १५ गते हुनेछ ।

 

तस्विरः गोलनेपाल डटकम

प्रतिकृया दिनुहोस्