Everest Times

बसुन्धराश्री पुरस्कार तारानाथ शर्मालाई, मानश्री पुरस्कार खगेन्द्र नेपालीलाई

काठमाडाैं । २०७४ सालको बसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई र मानश्री पुरस्कार खगेन्द्र नेपालीलाई प्रदान गरिने भएको छ । बसुन्धरामान प्रतिष्ठानको कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ७ को बैठकले शर्मालाइ साहित्यकारद्वयलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले जानकारी दिए ।

शर्मा चर्चित निबन्धकार, साहित्यकार तथा समालोचक हुन् भने नेपाली बिबिसी नेपाली सेवाका पूर्व प्रमुख हुन् । बसुन्धराश्री पुरस्कार रू ५० हजारसहित सम्मानपत्र र मानश्री पुरस्कार रू २५ हजारसहित सम्मानपत्रको हुनेछ ।

 

 

 

 

प्रतिकृया दिनुहोस्