Everest Times

अायोजक नवलपुर सेमिफाइनल प्रवेश, सेमिफाइनलमा मेलम्चीसँग भिड्ने

नवलपुर । अायोजक नवलपुर युनाइटेड क्लब ए जारी नवलपुर क्षेत्रीय कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भिमटार युवा क्लबलाइ ३-० ले पछि पार्दै अायोजक नवलपुर युनाइटेडले सेमिफाइनल यात्रा पक्का गरेको हो ।

सिन्धुपाल्चोकको बाँडेगाउँस्थित डडुवाखर्कमा जारी नवलपुर क्षेत्रीय कपमा यसअघि नवलपुर युवा क्लब, मेलम्ची र सिपाघाट युवा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

सेमिफाइलनमा नवलपुर युनाइटेडले मन शान्ति अावाज मेलम्चीसँग भिड्ने पक्कापक्की गरेको छ । खेल भोलि १ बजे हुने अायोजकले जनाएको छ । यसैगरी नवलपुर युवा क्लब र सिपाघाटबीच सेमिफाइनल भोलि १० बजे हुने छ ।

जिल्लाकै सार्वाधिक पुरस्कार राशि भनिएको यस कपको फाइनल भने १५ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्