Everest Times

सर्वनाममा सुनिए छविरमण र सुमन, यसैपटकदेखि कविलाइ पारिश्रमिक

काठमाडाैं । हरेक महिनाको पहिलो दिन सर्वनाम थिएटरमा दुइ कविका कविता सुनाइने श्रृंखलाअन्तर्गत यसपटक कवि सुमन पोखरेल र छविरमण सिलवालका कविता सुनिए ।

एकघन्टाको कार्यक्रममा कविद्वयले ३०-३० मिनेट कविता वाचन गरेका थिए । २०७४ को पहिलो दिन पनि सर्वनाममा कविताका श्रोतादर्शक खचाखच थिए ।

लुनकरणदास गंगादेवी चाैधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त अायोजनामा हरेक महिनाको पहिलो दिन हामी कवि र कविता शीर्षकमा कविता वाचन कार्यक्रम हुदै अाएको छ । यसपटकदेखि कार्यक्रममा निम्ताइएको कविलाइ पारिश्रमिकको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक राजेन्द्र सलभले जानकारी दिए । कविलाइ प्रदान गरिने पारिश्रमिकको रकम भने उल्लेख गरेनन् ।

प्रतिकृया दिनुहोस्