Everest Times

बालबालिकाका लागि आएका उत्कृष्ट १० अंग्रेजी पुस्तक

सन् २०१६ मा बालबालिकाका लागि अंग्रेजी साहित्यमा थुप्रै कृतिहरु बजारमा आए । यसमध्ये उत्कृष्ट १० पुस्तकको सूची टाइम म्यगेजिनले सार्वजनिक गरेको छ ।

वि फाउन्ड अ ह्याट, जोन क्लसेन
एमेजनले यस किताबलाई ४.५ स्टार रेटिङ दिएको छ । दुइवटा कछुवाको कथा यस किताबमा छ । दुईवटा कछुवाले एउटा ह्याट पाउँछन् । दुबैलाई त्यो ह्याट राम्रो लाग्छ । तर ह्याट एउटा मात्र छ । यही कथावस्तुलाई लेखक क्लसेनलाई चाखलाग्दो तरिकाले प्रस्तुति दिएका छन् । किताबको मुल्य ११.४६ डलर तोकिएको छ ।

दे अल स अ क्याट, ब्रेन्डन वेन्जेल
न्युयोर्क टाइम्सले यसलाई बेस्ट सेलरको सूचीमा राखेको छ भने अमेजनले ४.५ स्टार रेडिङ गरेको छ । यो चित्रकथा हो । यसमा एउटा बिरालोको यात्राबारे चर्चा गरिएको छ । बिरालोले संसार हेर्ने र बिरालोलाई विभिन्न जनवारले कसरी हेर्छ भन्ने कुरा यसमा उल्लेख गरिएको छ । यसको मुल्य १५.२९ डलर तोकिएको छ ।

थन्डरब्वाई जुनियर, सेरमन एलेक्सी
एमेजनले ४.७ स्टार रेटिङ गरेको यस किताबमा इयु मोरलिक्सको चित्र रहेको छ । थन्डर ब्वाईलाई आफ्नो नाम मन पर्दैन । किनभने उनको बुवाको नामबाट उनको नाम थन्डरब्वाई जुनियर राखिएको छ । धेरैले उनको बुवालाई थन्डरब्वाइ भनेर बोलाउँछन् । त्यसैले उनी बेग्लै नामबाट चिनिन चाहन्छन् । यस्तै कथा रहेको यस किताबको मुल्य १२.६९ डलर तोकिएको छ ।

द अनकोरकर अफ ओसन बोटल्स, मिसेल क्युभस

एमेजनले यसलाई ४.७ स्टार रेटिङ गरेको छ । द अनकोरकर अफ ओसन बोटल्स एउटा पहाडमा बस्ने पात्र हो । उसको काम समुंद्रमा आउने हरेक बोत्तल खोल्ने र त्यहाँ प्रेषित चिठीहरु सम्बन्धित ठाउँमा पुगे वा पुगेनन् भनी पुष्टि गर्ने हो । एकदिन पाउने व्यक्ति नखुलाइएको चिठी उनले पाउँछन् । यसैमा उनी दंग पर्छन् । यस्तै कथा भएको किताबको मुल्य ११.३५ डलर राखिएको छ ।

एज ब्रेभ एज यु, जेसन रेनाल्डस्
एमेजनले यस किताबलाई ४.८ स्टार रेटिङ गरेको छ । दुई दाजुभाईको कथा यस किताबमा रहेको छ । उनीहरु आफु कतिको बहादुर छन् भन्ने कुरा प्रमाणित गर्न चाहन्छन् । उनीहरुका हजुरबुवा भर्जिनियामा छन् । दृष्टिविहिन हजुरबुवासँग सुटिङ प्रहार सिक्छन् । यस कथाको किताबको मुल्य १०.५६ तोकिएको छ ।

पक्स, सारा पेन्नीप्याकर

एमेजनले ४.६ स्टार रेटिङ गरेको यस किताबलाई न्युयोर्क टाइम्सले बेस्ट सेलरको सूचीमा राखेको छ । यसमा एकजना पिटर नामको केटाको एउटा फ्याउरोसँग राम्रो सम्बन्ध भएको कथा उल्लेख छ । तर ती केटाका बुवा लडाईमा जानुपरेको हुनाले फ्याउरोलाई जंगलमा लगेर छाडिन्छ । पिटर फ्याउरो चाहान्छन् । यसैसम्बन्धी कथा भएको किताबको मुल्य १०.३६ राखिएको छ ।

इट एनट सो अउफुल, फलफेल, फिरोजे डुमस

एमेजनले यस किताबलाई ४.७ स्टार रेटिङ गरेको छ । यसमा एक इरानी आप्रवासी बालिकाले अमेरिकाको क्यालिफोर्निमा व्यहोर्नुपरेको दुःखको कथा छ । उनीहरुको परिवार इरानबाट क्यालिफोर्निया आउँदा एक हठी छिमेकीसँग सामना गर्न पुग्छन् । यस किताबको मुल्य ११.०६ तोकिएको छ ।
द सन इज अलसो अ स्टार, निकोला युन

एमेजनले ४.५ स्टार रेटिङ गरेको यो किताब न्युयोर्क टाइम्सले नम्बर वान बेस्ट सेलर भएको उल्लेख गरेको छ । यसमा एक जमैकन किशोरीले न्युयोर्कमा गर्नुपरेको संघर्षको कथा छ । उनले आफ्नो परिवारलाई डिपोर्टेसनबाट बचाएको कथा यसमा उठाइएको छ । यस किताबको मुल्य ११.३६ तोकिएको छ ।

अ टर्च अगेन्स्ट द नाइट, सबा ताहिर

अमेजनले ४.६ स्टार रेटिङ गरेको यो किताब न्युयोर्क टाइम्सले बेस्ट सेलर बुकको सूचीमा राखेको छ । यसमा एलाइस र लाइया नामका दुइ पात्र छन् । उनीहरु अप्ठेरोमा परेका छन् र बाँच्नका लागि दौडिरहेका छन् । यस्तै कथा भएको यो किताबको मुल्य १२.३८ तोकिएको छ ।

स्पन्टोनियोस, एरोन स्टार्मर
एमेजनले यस किताबलाई ३.४ स्टार रेटिङ गरेको छ । सबैभन्दा बढी उमेर पुगेका बालबालिकाका लागि तोकिएको यो किताब कभिङ्टन हाई स्कुलमा एकजना अचम्मको वस्तु स्कुल गइरहेको हुन्छ । यसबारे एफबिआइले पनि अनुसन्धान गर्छ । यसबारेको कथा भएको किताबको मुल्य ११.९९ डलर तोकिएको छ ।

प्रतिकृया दिनुहोस्