Everest Times

सगरमाथामा अारोहणको क्रममा चारको मृत्यु

सोलुखुम्बु । यस वर्ष सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । अारोहण गत वैशाख २९ गतेदेखि सुरु भएको हो ।

गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको र अन्य तीन जनाको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नयाब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

शुक्रबार ३६ वर्षीय डच एरिक अर्नाल्डको सगरमाथा चुचुराबाट फर्कने क्रममा ज्यान गएको थियो भने शनिबार अस्ट्रेलियाको मोनास विश्वविद्यालयका प्रा मारिया स्ट्रिडको चुचुरो पुग्नुअघि चौथो क्याम्पमा ज्यान गयो । यस्तै आइतबार ४४ वर्षीय भारतीय सुवास पउलको दोस्रो शिविरमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्