Everest Times

सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान

काठमाडौँ, २४ जेठ । भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ ।

महाराष्ट्र प्रहरीमा कार्यरत हवल्दार (कन्स्टेबल) द्वय दिनेश चन्द्रकान्त र तरकेश्वरी राठौरले एकै पटक एउटै समयमा सँगै सगरमाथा चढेका हुन् । मकालु एडभेन्जरबाट गएको आरोही दम्पतीले वसन्त ऋतुको मौसममा गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको थियो । उनीहरुले भारतीय प्रहरीबाट दम्पती आरोहण गर्ने पहिलो र विश्वकै सुरक्षा निकायबाट आरोहण गर्ने पहिलो विश्व कीर्तिमान राखेको जिकिर गरिएको छ ।

आरोही दम्पतीलाई फुर्वा शेर्पा र फुसेम्बा शेर्पाले सगरमाथाको चुचुरामा पुग्न सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्