Everest Times

अर्बपतिको सूचीमा बिल गेट्स पहिलो, विनोद चाैधरी १५६७ औं स्थान

विश्वका अर्वपतिहरुको सूची सार्वजनिक गरेको छ ।  ८६ बिलियन डलर रहेका बिल गेट्स एक नम्बरमा रहेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि समेटिएका छन् ।

चौधरी १ हजार ५ सय ६७ औं स्थानमा रहेका छन् ।सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो ।

यस वर्ष अर्बपतिहरुको सूचीमा २०४३ जना छन् । पहिलो नम्बरमा परेका माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।

त्यसैगरी दोस्रोमा वरेन बफेट र तेस्रोमा जेफ बेजोस रहेका छन् । स्पेनका अमनसियो अर्टेगा चाैथो नम्बरमा छन् भने फेसबुक मालिक मार्क जुकरवर्ग पाँचाै नम्बरमा छन् । विश्वका १० नम्बरसम्मका ८ जना धनाढ्य अमेरिकी रहेको यस सूचीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्