Everest Times

बक्स अफिसमा ‘घामपानी’, पहिलो दिनमै पाैने करोडको व्यापार

काठमाडाैं । पत्रकार दीपेन्द्र लामा निर्देशित चलचित्र घामपानीले पहिलो दिनमा पाैने करोडको व्यापार गरेको छ । बक्स अफिसका अनुसार घामपानीले राजधानीका हलहरूबाट ३८ लाख संकलन गरेकाे छ भने मोफसलबाट ३३ लाख संकलन गरेको छ । कुल ७१ लाखको ग्रस कलेक्सनले निर्माण पक्ष हाैसिएका छन् ।

रामबाबु गुरूङको निर्माण रहेको फिल्मको कथा निर्देशक लामाको रहेको छ । अन्तरजातीय प्रेमकथामा अाधारित चलचित्रमा नायक दयाहाङ राइ र केकी अधिकारीको अभिनय रहेको छ । नयाँ वर्षबाट हलहरूमा घामपानीले लभ लभ लभ र राधेसँग भीडन्त गरिरहेको छ । देशभर दाेस्रो दिन घामपानीले अझ राम्रो व्यापार गर्ने निर्माण पक्षको दाबी छ ।

प्रतिकृया दिनुहोस्