Everest Times

मदन पुरस्कार विजेता ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा

काठमाडाैं । मदनपुरस्कार विजेता ‘खलंगामा हमला’को अंग्रेजी संस्करण जुम्लाएउटा नर्सको कथा तयार पारेको छ । प्रकाशन नेपालयका अनुसार उक्त पुस्तक जुम्लास्थित कर्णाली सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई लेखिका राधा पौडेलले हस्तान्तरणसँगै विमोचित गरेकी हुन् । पुस्तकालयका कोषाध्यक्ष रत्नप्रसाद उपाध्यायलाई पुस्तक प्रदान गरिएको थियो ।

 

राधाको ‘खलंगामा हमला’ २०७० जेठ ९ गते विमोचन भएको थियो भने यसको अंग्रेजी संस्करण जुम्लाएउटा नर्सको कथा लाईजुम्लास्थित कर्णाली सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा सार्वजनिक गरिएको थियो । यो पुस्तक हाल बजारमा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस्