Everest Times

१२ केजी तौल भएका ६३ बर्षे शिक्षक पाैडेलले भेटे प्रधानमन्त्री

काठमाडौं । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । ६३ वर्षे पाैडेल १२ केजी ताैलका छन् ।
बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग गर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
अर्घाखाचीको ठूलापोखरा-२ रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा-२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरेका छन् । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् । प्रधानमन्त्री प्रचण्डले उनलाइ अावश्यक सहयोग गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्