Everest Times

लवक नेपाली समाजमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा गौतम

लवक । टेक्सास राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतम नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्षसमेत रहेका गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रा डा पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको उक्त कार्यसमितिको अध्यक्ष पदमा गौतम सहित उपाध्यक्षमा रामभक्तव जोशी, सचिवमा शर्मिला पराजुली र कोषाध्यक्षमा विन्दया सुवेदी रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरूमा डा राजन घिमिरे राज कजभचकतजब र प्रभा घिमिरे चयन भएका छन ।
प्रा डा पराजुलीसहित रेशम घर्ति, डा माधव पाण्डे र जया पराजुली सम्मिलित निर्वाचन कमिटीले नव निर्वा्चित कमिटीको घोषणा गर्दै बधाई एवं सफल कार्यकालको शुभकामना दिएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष डा माधव पाण्डेले संस्थाले पछिल्लो विनाशकारी भूकम्पमा २३ हजार डलर सहयोग गरेको, अमेरिकामा नेपाली भाषा पाठशाला सन्चालन गरेको, नेपालको विकट लमजुडको घामराडवेसीमा खानेपानीको लागी सहयोग गरेको लगायतका प्रगति विवरण प्रस्तुत गर्दै समाजको सेवामा सधै समर्पित रहने वताए । कार्यक्रममा पूर्वअध्यक्ष रेशम घर्ती, प्राध्यापक विभा गौतम, टेक्सास टेक विश्वविद्यालयमा रहेको नेपाली विद्यार्थी संघका अध्यक्ष अशोक ढकाल लगायतको उपस्थिती रहेको थियो । टेक्सास टेक नामक लोकप्रिय विश्वविद्यालय रहेको यस स्थानमा झण्डै डेढसय नेपाली रहेको बताईन्छ ।

प्रतिकृया दिनुहोस्