Everest Times

गुरूङ चलचित्र ‘मैंरिमो’को प्रिमियर शो न्युयोर्कमा, मे ६ मा प्रदर्शन

न्युयोर्क । मुनाल फिल्म प्रालिले निर्माण गरेको गुरुङ फिल्म मैंरिमो ­(मिस यू) अमेरिकाको न्युयोर्कमा प्रदर्शन हुने भएको छ । मे ६ तारिखका दिन न्युयोर्कको गुल्सन टेरेसमा चलचित्र प्रदर्शन हुने निर्माता प्रेम गुरूङले बताए ।
प्रेम गुरूङ र सपना गुरूङको निर्माण तथा भोजबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म नेपाली जीवनशैलीमा अाधारित रहेको बताइएको  छ । न्युयोर्कमा प्रिमियर हुन लागेको फिल्ममा गुरूङ भाषा र संस्कृति समेटिएको छ ।
फिल्ममा गमन घले, प्रेम गुरुङ , सपना गुरुङ , सेसुबा गुरुङ  ­सोनु), गजेन्द्र गुरुङ , कुलबहादुर गुरुङ , इन्द्रसुब्बा गुरुङ , चन्द्रकला गुरुङ , कमल गुरुङ , अमीर गुरुङ  ­बन्दीपुरे ठागु) लगायतको अभिनय छ । केयरसिंह गुरुङ  ­गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद, आश गुरुङ  , अमिर गुरुङ  ­बन्दीपुरे ठागु र प्रेम गुरुङको गीत रहेको फिल्ममा तेजेन्द्र गुरुङको संगीत, गोविन गुरुङ , मनोज गुरुङ , सरुन गुरुङको स्वर, तारा श्रीषको छायांकन र खिमबहादुर गुरुङको सम्पादन छ । फिल्ममा कार्यकारी निर्माताका रूपमा बालकाशी गुरुङ  छन् भने गमन घले र नेत्रबहादुर गुरुङको मुख्य सहायक निर्देशन छ ।

प्रतिकृया दिनुहोस्