Everest Times

अमेरिकाले सिरियामा यसरी हान्यो मिसाइल, ८० घाइते(भिडियो)

वासिङटन डिसी । अमेरिका सेनाले सिरियामा मिसाइल आक्रमण गरेको छ । मिसाइल अाक्रमणा सिरियाले गत साता गरेको रसायनिक हमलाको प्रत्युत्तर भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । मिसाइल आक्रमणमा ८० सिरीयाली नागरिक घाइते भएका छन् ।

पेन्टागनका अनुसार ५९ टोमह्वाक क्रुज मिसाइल सिरियामा पठाइएको थियो । सिरियाको लडाकु हवाइलाई निशाना बनएर उक्त मिसाइल फालिएको हो ।

गृहयुद्धमा फसेको सिरियाविरूद्धको आफ्नो कदमलाई सही भएको दाबी गर्दै राष्ट्रपति ट्रम्पले मिसाईल आक्रमणमा आफ्ना सवै सल्लाहकारको साथ रहेको बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछि कुनै अलग मुलुकमा ट्रम्प प्रशासनले गरेको यो पहिलो आक्रमण हो ।

सिरियाका राष्ट्रपति बस्सल अल अस्सद्लाई संकेत गर्दै उनले थपे, ‘सिरियामा आप्रवासी समस्याले झन्झन् ठूलो रूप लिदै गइरहेकोले त्यो क्षेत्र सुरक्षित छैन र अमेरिकालाई पनि यसले नराम्रोसित असर पार्नेछ ।’

उक्त मिसाइलका बारेमा रसियन सैनिकहरूलाई भने पहिले नै जानकारी थियो । त्यसैकारण मिसाइलको असर रसियालाइ नपरोस् भनेर उनीहरू पहिले नै सचेत अवस्थामा थिए ।
मिसाइल हमलाले सिरियाको लडाकु विमानहरू मात्र नभएर अन्य भौतिक संरचना पनि ध्वस्त पारिदिएको छ र अब सिरियाको अमेरिकामा रासायनिक हमला गर्ने क्षमता समाप्त भएको छ ।

राति ८ बजे भएको हमला ४ मिनेटसम्म लगातार भयो । क्याप्टेन डेभिडका अनुसार मिसाइलहरू पूर्वीय मेडिटेरियनको पोर्टर र रोसबाट फ्याकिएको थियो । अमेरिकामा रासायनिक हमला गर्न बन्द नगरे समस्याले ठूलो रूप लिनेछ भनेर सिरियाले पहिले नै कडा चेतावनी पाइसकेको थियो ।-डेली मेलको सहयोगमा/तस्विर-एपी

प्रतिकृया दिनुहोस्