Everest Times

नवलपुर क्षेत्रीय कपः फाइनलमा अायोजक र नवलपुर युवा क्बल भिड्ने

नवलपुर । नवलपुर युनाइटेड क्लबले आयोजना गरेको नवलपुर क्षेत्रीय कपमा आयोजक क्लबको ए टिम र नवलपुर युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा खेलमा नवलपुर युवा क्लब र सिपाघाटबीच ३–३ को बराबारी भएपछि ट्राइब्रेकरमा ४–५ को अन्तरले नवलपुर युवा क्लबले फाइनल यात्रा तय गरेको हो ।
त्यसैगरी दोस्रो खेलमा आयोजक नवलपुर युनाइटेडले मेलम्चीलाई ४–२ को अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
दुबै टोली नवलपुरको स्थानीय टिम हो । फाइनल खेल १५ गते डडुवाखर्क मैदानमा हुनेछ । कप बिजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगर पुरस्कार पाउने आयोजकले जनाएको छ ।

नवलपुर युनाइटेड क्लब ए

नवलपुर युवा क्लब

प्रतिकृया दिनुहोस्