Everest Times

नवलपुर युवा क्लब सेमिफाइनल प्रवेश

नवलपुर । सिन्धुपाल्चोकको बाँडेगाउँस्थित डडुवाखर्कमा जारी नवलपुर क्षेत्रीय कपको अाजको खेलमा नवलपुर युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 
मिलनचोक फुटबल क्लबलाइ ३-० ले हराउँदै नवलपुर सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि मेलम्ची र सिपाघाट युवा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रि क्वाटरको अन्तिम खेल भोलि हुदैछ । सेमिफाइनलमा प्रवेशका लागि अायोजक नवलपुर युनाइटेड ए र भिमटार युवा क्लबबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
जिल्लाकै सार्वाधिक पुरस्कार राशि भनिएको यस कपको फाइनल भने १५ गते हुनेछ ।
प्रतिकृया दिनुहोस्