Everest Times

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकीकरण

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच दलबीच आज एकता भएको छ।  तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच  एकता पछि नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ ।

बिहीबार काठमाडौंस्थित् अमृतभोग पार्टी प्यालेसमा पार्टी एकताको औपचारिक घोषणा भएको हो । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ। झन्डामा तीन रंग प्रयोग गरिने भएको छ।पार्टी सामूहिक अध्यक्ष मण्डल बनाएर नेतृत्व सञ्चालन हुनेछ। पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने समेत जनाईएको छ ।

प्रतिकृया दिनुहोस्