Everest Times

पासाङ ल्हामु अकितालाइ तेन्जीङ नोर्गे अवार्ड प्रदान

न्युयोर्क । नेपालको पहिलो महिला क्लाईम्बर ईन्सट्रक्टर पासाङल्हामु शेर्पा अकिता तेन्जीङ नोर्गे अवार्ड २०१७ बाट सम्मानीत भएकी छन्।

अमेरिकाको न्युयोर्कस्थित द एस्प्लोर क्लब अमेरिकाले मार्च २५ मा एक समारोह अायोजना गरी अकितालाइ उक्त अवार्डबाट सम्मान गरेको हो । कलिलो उमेरमा नै सगरमाथालगायत केटु, आमडब्लम आदि हिमाल र पिकहरु आरोहण गरिसकेकी शेर्पा अहिले नेपाल लगायत अमेरिकामा क्लाईम्बिङ गाईडको रुपमा कार्यरत छिन ।

हिमाल आरोहणमा सफल गाइड, मानवअधिकारका पक्षमा वाकलत गरेको र भूकम्पमा समयमा राहत र उद्धारमा खटिएकाले उनको काम प्रशंसनीय रहेकोले अवार्ड प्रदान गरेको क्लबले जनाएको छ ।

१९५३ मा विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो पटक पाइला नेपाली नोर्गेको नामबाट स्थापित अन्तराष्ट्रियस्तरको अवार्ड यसअघि आप्पा शेर्पा, छिरिङदोर्जे शेर्पासहित ६ जनालाइ प्रदान गरिसकेको छ ।

१९८७ देखि प्रदान गर्दे आएको यो अवार्ड पाँच बर्षको अन्तरमा नोर्गे जस्तै हिमालमा सहासिक काम गर्नेका लागि प्रदान गरिने क्बलले उल्लेख गरेको छ ।

पासाङले यसअघि “पिपुल्स चोईस एड्भेञ्चर अफ दि ईअर –२०१६” समेत पाउन सफल भएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्