Everest Times

सञ्चार मन्त्रीद्वारा नेपाल टेलिकमलाई सेवा सुधार्न निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवामा एक साताभित्रै सुधारको अनुभूति हुने गरी प्रविधि परिचालन गर्न टेलिकमलाई निर्देशन दिएका छन् ।

बुधबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित उच्च अधिकारीलाई मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले टेलिकमको मोबाइल सेवाप्रति जनताको गुनासो बढेकाले छिटो सेवा सुधार गर्न निर्देशन दिएका हुन् ।

मन्त्री राईले टेलिकम पदाधिकारीसँग सेवा सुधारका लागि भएका विभिन्न प्रयासका बारे जानकारी पनि लिए ।

प्रतिकृया दिनुहोस्