Everest Times

अाहा रारा गोल्डकपः बंगलादेश टोलीलाइ हराउँदै संकटा सेमिफाईनल प्रवेश

पोखरा । अाहा रारा गोल्डकपको जारी खेलमा संकटा क्लब सेमिफाईनल प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको खेलमा पाहुना टोली नारायणगज एफसी बंगलादेशलाई २–० ले हराउदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको संकट टार्ने क्रममा खेलको ५३ औं मिनेटमा निराजन खड्काले गोलको खाता खोले । विश्वास श्रेष्ठको कर्नर किकमा लार्बाको हेडिङ बललाई खड्काले जाली चुमाए । त्यस्तै ९० औं मिनेटमा विश्वास श्रेष्ठले अर्को गोल थपे ।

संकटाले फाइनल प्रवेशका लागि विहिवार लक्ष्मी हुण्डाई मनाङमर्स्याङ्दी क्लब सँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत भोलि पहिलो सेमिफाइनलमा नेपाली सेनाको आर्मी क्लब र आयोजक सहारा क्लब भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ ।

तस्विरः गोलनेपाल डटकम

प्रतिकृया दिनुहोस्