Everest Times

सिड्नीमा बौद्ध गुम्बा स्थापना हुने

सिड्नी । अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा नेपालीहरूले बाैद्ध गुम्बा स्थापना गर्ने भएकाे छ । मार्च ५ का दिन सिनियर सिटिजन हल केन्टेरबरिमा बसेको नेपाली बौद्ध समुदायाको अगुवाहरुको औपचारिक बैठकले उक्त निर्णय बुद्ध दर्शन समिति अष्ट्रेलियाका अध्यक्ष निमा ग्याल्जे शेर्पा गोपर्मा जानकारी दिए ।

समितीको पहलमा बोलाइएको उक्त बैठकले अध्यक्ष गोपर्माको संयोजकत्वामा ५ जना संस्थापक संरक्षक पनि छ्नोट गरिएको छ। गुम्बाको स्थापना, ब्यवस्थापन र सन्चालनको आजीवन जिम्मेवारी पाँच सदस्य हरुको हुनेछ। संरक्षक सदस्यहरूमा  सुदिप गौचन, निमा ग्याल्जे शेर्पा गोपर्मा, निमा तामाङ बम्जन,प्रेम गुरुङ र अरुण तामाङ रहेका छन् । त्यसैगरी संस्थापक सदस्यहरुमा लिलबहादुर गुरुङ, गणेश तामाङ,ओङ्छु शेर्पा र तेन्जिङ शेर्पा रहेका छ्न् । बैठकमा गुम्बा स्थापनाका लागि विभिन्न व्यक्तिले अर्थिक सहयोग गर्ने वचनसमेत दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्