Everest Times

आकंक्षा र वेदन्सी बने यसवर्षको सुपर किड्स

काठमाडौं । यस वर्षको सुपर किड्सको उपाधि सिनियरतर्फ लिटल एन्जल्समा कक्षा ५ मा अध्ययनरत आकंक्षा राई र जुनियरतर्फ शुभतारा स्कुलमा कक्षा २ मा अध्ययनरत वेदन्सी अग्रवालले हात पारेका छन् । आकंक्षाले बेस्ट फोटोजेनिकको उपाधिसमेत हात पारेकी थिइन् । वेदान्सीले मोस्ट कम्फिडेन्ट उपाधि पनि हात पारिन् ।
मंगलबार त्रिपुरेश्वरको बगेनभिल्लामा भएको फाइनलमा १५ जना बालबालिकामध्ये आकंक्षा र वेदम्सीले उक्त उपाधि हात पारेका हुन् ।
मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गरेको यस प्रतियोगितामा सोना ढकाल र रेमन जोसेफ तामाङ मोस्ट ट्यालेन्टेड भए । रेमन जोसेफले मोस्ट ह्यान्सम अवार्डसमेत पाए ।त्यस्तै श्रेया शर्मा र उन्नति थापाले बेस्ट ड्रेसको उपाधि पाए । उन्नतिले बेस्ट डिसिप्लिनको उपाधि पनि हात पारेकी थिइन् ।

super00
यसैगरी शब्दी सत्याल र जुनुश्री रानाले बेस्ट हेयर, प्रिती पालिखेले मोस्ट फ्रेन्डली जिया शाहले ब्युटिफुल आइ, श्रीति पालिखेले बेस्ट स्माइल, इम्यानुएल तामाङले मोस्ट बोल्ड, प्रतिभा खड्काले बेस्ट आइ, अनुभव सुब्बाले मोस्ट हेल्थी, सोना ढकालले मोस्ट फ्रेन्डली र श्रेया श्रेष्ठले मोस्ट फोटोजेनिक उपाधि हात पारे ।

super2
अनेरस्ववियुकी अध्यक्ष नवीना लामाको प्रमुख अतिथ्यमा सुरु भएको प्रतिस्पर्धामा कान्तिपुर कोपिला बाल परिशिष्टंकका प्रमुख दामोदर न्यौपानेलयात अतिथिको उपस्थिति थियो ।

akanxa
कार्यक्रममा गायिका सुनिता प्रधान लिम्बु, प्रतिमा श्रेष्ठलगायतले निर्णायकको भूमिका निभाएका थिए । काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमको अनलाइन मिडिया पार्टनर एभरेस्ट टाइम्स थियो ।

super1कार्यक्रम बालबालिकाको प्रतिभा प्रस्फुटन होस भन्ने हेतुले आयोजना गरेको मर्निङ ग्लोरीकी अध्यक्ष मोहना क्षेत्रीले बताइन् ।

superlast

प्रतिकृया दिनुहोस्