Everest Times

सिरियामा दुइ बम बिस्फोट, ६८ बालबालिकासहित १२६ को मृत्यु

बेरुत (लेबनान), ३ वैशाख । सिरियाको सरकार नियन्त्रित सहर रसिदिनबाट विस्थापित भएका सिरियाली नागरिक बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने बालबालिकाको सङ्ख्या ६८ पुगेको सिरियाली मानवअधिकारवादी संस्थाले आइतबार जनाएको छ ।

अलेप्पोबाट पश्चिममा रहेको उक्त सहरबाट विस्थापित भएका सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ लग्दै गर्दा भएको आक्रमणमा १२६ जनाको मृत्यु भएको जानकारी उक्त संस्थालाइ उद्धृत गर्दै बिबिसिले जनाएको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुने १०९ जना फुवा र काफराया सहर र वरपरका वासिन्दा रहेका छने भने बाँकी १७ जना मावनीय सहयोगका लागि काम गर्ने मजदुर र उनीहरुलाई बाटो देखाउन गएका केही सिरियाली विद्रोही रहेका छन् ।

प्रतिकृया दिनुहोस्